१२ मंसिर २०८२
काठमाडौं- औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट ९सेटोफेन० ब्याच नं। सीटी २७२३ बजारबाट तत्काल फिर्ता ९रिकल० गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको हो ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जुन र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात, म्याद गुज्रन अब करिब ६ महिना मात्र बाँकी छ तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो ।
विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधिका नमुना संकलन गरी परीक्षण गरिने र मापदण्डविपरीत पाइएमा सम्बन्धित ब्याच रिकल गरिएको जनाएको छ ।
औषधि ऐनको दफा १२ मा हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ । सोही दफाले बजारमा पुगिसकेको कुनै औषधि गुणस्तरहीन ठहरिएमा उत्पादकले आफैँ फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्न सक्ने प्रश्न स्वास्थ्य क्षेत्रका जानकारहरूले उठाउँदै आएका छन् ।
स्वास्थ्य विज्ञहरूका बजारमा प्रयोगशालाले पहिचान गरेभन्दा धेरै गुणस्तरहीन तथा दुरुपयोग भएका औषधि रहेको र यसले गम्भीर साइड इफेक्ट निम्त्याउने विज्ञ बताउँछन् ।
विभागले यसअघि पनि विभिन्न कम्पनीका दर्जनौँ ब्याचका औषधि न्यून गुणस्तरको प्रमाणित भएपछि रिकल गरेको छ । परीक्षण प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउनुपर्ने माग उपभोक्ता तथा स्वास्थ्यकर्मी निरन्तर बताउँदै आएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया