०८ असार २०८३
काठमाडौं- बजेटको बिरोध गरिरहेका, सरकारप्रति असन्तुष्टि जनाइरहेका, कांग्रेस छाडेर स्वतन्त्र हुँदै रास्वपा छिरेका अमरेश कुमार सिंहले रास्वपाको महाधिवेशन नै बहिष्कार गरेका छन् ।
५ महिना अगाडि पार्टी प्रवेश गरेका अमरेशकुमारले घुर्की देखाउँदै महाधिवेशनमै नआएपछि रास्वपामा खैलाबैला मच्चिएको छ। रास्वपामा सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकाले अमरेशलाई महाधिवेशनमा आउन कुनै प्राविधिक समस्या थिएन ।
तर, उनी चितवनमा देखा समेत नपरेपछि उनले पार्टी नै छाड्न लागेको चर्चा समेत चल्न थालेको छ । अमरेश तिनै पात्र हुन जो रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई एकसाथ जनकपुरको बाह्रबिघा मैदानमा उतारेर पार्टी प्रवेश गरेका थिए । उनले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने समेत घोषणा गरेका थिए ।
तर, पछिल्लो समय उनी रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनसँग असन्तुष्ट बनेका छन् । दुईतिहाइको सरकार निर्माणपछि भएको मन्त्रिमण्डल विस्तारदेखि उनी असन्तुष्ट बनेका हुन् । उनलाई उद्योग मन्त्रीका लागि प्रस्ताव गरिएको भए पनि अस्वीकार गरेका थिए । खासगरी खोजेको मन्त्रालयको नेतृत्व गर्नेगरी मन्त्री नबनाएपछि बिच्किएका उनी भाग खोज्दै रास्वपा नेतृत्वसँग निहुँ खोजिरहेका छन् । उनले महाधिवेशनबाट सके उपसभापति नत्र महामन्त्री सर्वसम्मत हुनुपर्ने माग राखेको बताइन्छ । तर, रवि र बालेन दुवै नेताले सो विषयमा चर्चा गर्न नमानेको स्रोतहरूको भनाइ छ ।
अमरेश नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय नेता हुन् । कुनै बेला नेपाली राजनीतिको ‘अक्टोपस’ का नामबाट समेत चर्चित रहेका सिंहले २०७९ मा स्वतन्त्र सांसद निर्वाचित भएपछि उक्त संसदले २०८४ नदेख्ने ठोकुवा समेत गरेका थिए ।
गत वर्ष एउटा अन्तर्वार्तामा उनले नेपालमा युवाहरूको आन्दोलन हुने, त्यसमा कुनै राजनीतिक शक्तिको नेतृत्व नरहने तर सेना र न्यायपालिका समेतको समर्थनमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्ने भविष्यवाणी गरेका थिए । नभन्दै ठ्याक्कै नेपाली राजनीति त्यही ठाउँमा पुग्यो । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट रास्वपा उम्मेदवार बनेका अमरेशले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेर संसद्मा आएका थिए ।
रास्वपाबाट निर्वाचित भए पनि उनले संसद्मा सरकारका काम र कार्यशैलीको आलोचना गर्दै आएका छन् । गत जेठ ५ गते प्रतिनिधिसभा बैठकमै अमरेशले सरकारको कार्यशैलीका कारण मधेशमा जनआक्रोश विस्फोटको अवस्थामा पुगेको बताएका थिए । रास्वपा महाधिवेशनमा अमरेशको अनुपस्थितिले मधेशमा एकखालको तरङ्ग उठेको विश्लेषण गरिएको छ ।
५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्न सुकुमबासीलाई निर्देशन
कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
बातै पिच्छे राजेन्द्र लिङ्देनलाई लखेट्दै ज्ञानेन्द्र,रास्वपाको भोटमा र्याल नचुहाउन दिए चेतावनी
पार्किङ स्थलबाटै तेल ट्यांकर गायव बनाएर लुट, निगमको सेटिङमै चोरियो हजारौं लिटर पेट्रोल
सुकुम्बासी नेता विष्णु पौडेलको भेटियो अर्बौको सम्पत्ति, ३० वर्षमा ८ पटक मन्त्री
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने
आरजुसहित २० कर्मचारीविरुद्ध मुद्दा चलाउदै अख्तियार , यसरी भएको थियो पासपोर्ट ठेक्कामा अर्ब घोटाला
भाग नपाएपछि अमरेशले बहिष्कार गरे महाधिवेशन,मागेका थिए उपसभापति वा महामन्त्री पद
११ महिनामै ३८ अर्बको धानचामल आयात
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
प्रतिक्रिया