०३ मंसिर २०८२
काठमाडौं- बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् ।
उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् ।
जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।
यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् ।
जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।
घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पु¥याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया