१२ मंसिर २०८२
काठमाडौँ- २०७९ चैत्रमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठित सरकारमा उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले परिचालन गर्दै आएको सुराकी खर्च दुरुपयोग भएको ठहर गर्दै कटौती गरेका थिए ।
यी नाममा दैनिक गर्ने खर्च मन्त्रिपरिषदबाट कटौती गर्दा राज्यले प्राप्त गर्नुपर्ने राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षाको महत्वपूर्ण सूचना आउन नसकेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । २०४७ सालदेखि २०७९ सालसम्मका मन्त्री र सचिवमार्फत दैनिक ५० हजार र सचिवले २५ हजार विना भरपाई सुराकी खर्च दिने व्यवस्था गरिएको थियो ।
सो व्यवस्था मन्त्री र सचिवहरुले व्यक्तिगत र पार्टीका कार्यकर्ताका लागि खर्च गरेर दुरुपयोग गरेको ठहर गर्दै खारेज गरिएको थियो । सुराकी खर्च कटौतीपछि सरकारलाई महत्वपूर्ण सूचना नआएको स्रोतले दावी गरेको छ । सुराकी खर्चको व्यवस्था हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रमुखले २५ हजारसम्म विना भरपाई सुराकी खर्च दिन सक्ने व्यवस्था रहेको थियो ।
जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुलाई दैनिक पाँच हजारसम्म यस्तो खर्च दिने अधिकार रहेको थियो । राज्य विरूद्धका महत्वपूर्ण सूचना दिने व्यक्तिले मोटो रकम हात नपारी सित्तैमा त्यस्ता सूचना उपलव्ध गराउँदैनन् पनि ।
माथि उल्लेखित अधिकारीहरुले मासिक रुपमा ५–७ लाख सुराकी खर्च गर्ने अधिकार पाएकै कारण माओवादी द्वन्द्वकालमा गृह मन्त्रालयले महत्वपूर्ण सूचना हात पार्ने गरेको गृह स्रोतको भनाई रहेको छ ।
२०७९ चैत्रमा तत्कालीन उपप्रधानमन्त्री श्रेष्ठले सुराकी खर्च कटौती गर्दा जेन–जी आन्दोलनलगायतका घटनामा सूचनाविहीन रहँदा यतिखेर राज्यलाई ठूलो नोक्सानी भएको गुनासाहरु बाहिर आएका छन् । त्यसकारण अबका दिनमा सुराकी खर्चका लागि आगामी बजेटमा व्यवस्था गर्नुपर्छ भन्ने माग र दबाब सरकारमाथि पर्न थालेको गृह स्रोत बताउँछ ।
स्रोत भन्छ–‘सरकारले वार्षिक रुपमा ५–१० करोड सुराकी खर्च गर्दा राज्यले महत्वपूर्ण सूचना पाउँछ भने निरन्तरता दिनुपर्छ ।’ बरु गृह मन्त्री र मातहत निकायका सुरक्षा अधिकारीहरुले पनि त्यस्तो बजेटको दुरूपयोग गर्न भने नहुने भनाई पूर्व सुरक्षा प्रमुखहरूको सुझाव रहेको छ ।
सुराकी खर्च कस–कसले बाँडे
२०४७ सालपछि सरकारले सुराकी खर्च बाँड्न थालेको बताइएको छ । त्यसयताका गृहमन्त्री योगप्रसाद उपाध्याय, शेरबहादुर देउवा, केपी शर्मा ओली, खुमबहादुर खड्का र वामदेव गौतम, गोविन्दराज जोशीले सुराकी खर्च बाँडेको गृह स्रोत बताउ“छ । त्यसैगरी पूर्व गृह मन्त्रीहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, बुद्धिमान तामाङ, धर्मबहादुर थापा, दानबहादुर शाही, कमल थापा, कृष्णप्रसाद सिटौला, भीमबहादुर रावलले पनि आफ्नो स्वार्थानुकूल सुराकी खर्च बितरण गरेर राज्यको हितमा भन्दा बढी दुरुपयोग गरेको बताइन्छ ।
त्यसपछि गृहको नेतृत्व कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार, माधव घिमिरे, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधि, जनार्दन शर्मा, रामबहादुर थापा, खगराज अधिकारी, बालकृष्ण खाँण, रवि लामिछानेले गरिसकेका छन् । शेरबहादुर देउवा र केपी शर्मा ओली गृहमन्त्री हुँदै प्रधानमन्त्री बनेका थिए । माथि उल्लेखितमध्ये कतिपयले सुराकी खर्च थोरै भए पनि सदुपयोग गरेका थिए भने केहीले भने दुरूपयोग गरेको सुरक्षा स्रोत बताउछ । यसैगरी यस अवधिमा दर्जनौले मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्राप्त गरिसकेका हुन् । ०४६ देखि ०७९ सम्मको यो अवधिमा जम्मा २४ करोड ५० लाख सुराकी बजेट खर्च भएको बताइन्छ ।
३२ वर्षमा सुराकी खर्च बापत यति रकम खर्च हुनु राष्ट्रिय बजेटका दृष्टिकोणले निकै थोरै मानिएको छ । तर, विदेशी जासुसी संस्थाको प्रभावमा परेर सचिव, मन्त्री र प्रधानमन्त्रीले दुरुपयोग गरे भन्ने किसिमले प्रचारप्रसार भएकै कारण राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षाका सूचना अभाव हुन गएको बताइन्छ । त्यसैले जेन–जी आन्दोलनका नाममा २०८२ भदौ २३ र २४ गते नेपाल विरोधी केही विदेशी शक्तिले घुसपैठ गरी मुलुकमा हिंसा, तोडफोड र आगजानी गरेको बताइएको छ ।
होर्मुजको घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने इरानको चेतावनी
बसपार्क क्षेत्रमा निर्वाचनको लागि घर फर्किनेहरूको भीड
इरानमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए
यती एयरलाइन्स निर्वाचनका दिन नउड्ने
प्रधानमन्त्री कार्कीले देशबासीलाई गरिन् चार अपिल
झापा र सर्लाहीमा विशेष सुरक्षा, सादा पोशाकका प्रहरी परिचालन
निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष
सर्वाेच्च नेता मारिएपछि इतिहासकै खतरनाक आक्रमण शुरू गर्ने इरानको चेतावनी
खामेनी मारिएपछि शोकमा इरान
सुनको भाउ एकैदिन ५ हजार ६०० रुपैयाँले बढ्यो, तोलाको ३ लाख २० हजार नाघ्यो
प्रतिक्रिया