०३ चैत २०८२
काठमाडौं- फागुन २१ को निर्वाचनमार्फत प्रतिनिधिसभामा आएका ६ दलमध्ये ३ दलका अध्यक्ष यसपटक संसद्मा देखिने छैनन् । र, ४ दलका अध्यक्ष÷सभापतिको पद नै खोसिने भएको छ । झापा–५ बाट चुनाव हारेका एमाले अध्यक्ष केपी शर्मा ओली, सर्लाही–४ बाट पराजित भएका कांग्रेस सभापति गगन थापा र झापा– ३ मा पछारिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संसद्मा नदेखिने मात्रै होइन पदै खोसिने भएको छ ।
सामान्यताः पार्टीको अध्यक्ष वा सभापति नै चुनाव जितेको अवस्थामा संसदीय दलको नेता बन्ने चलन छ । ओली र लिङ्देन त यसअघि संसदीय दलको नेता नै थिए । तर, चुनाव हारेसँगै उनीहरुको त्यो पद खोसिने भएको छ । आफ्नो पार्टीका सांसद्को नेतृत्वकर्ता अर्थात संसदीय दलको नेता जो हुन्छ उही नै सत्ताको नेतृत्व गर्न पाएको अवस्थामा प्रधानमन्त्री र प्रतिपक्षीमा बसे विपक्षी दलको नेता हुने व्यवस्था छ । त्यहिकारण पार्टीको नेतृत्वकर्ता नै संसदीय दलको नेता हुन कस्सीने गर्छन् । तर, चाहरे पनि केपी ओली, गगन थापा र राजेन्द्र लिङ्देन यसपटक त्यो पदमा पुग्न नसक्ने भएका छन् ।
चुनाव जिते पनि रास्वपा रवि लामिछाने पनि यसपटक संसदीय दलको नेता नबन्ने भएका छन् । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी छ । बालेनलाइ प्रधानमन्त्रीको भावी उम्मेदवार भन्ने घोषणा नै गरेर चुनावमा गएकाले रवि बालेनलाई नै संसदीय दलको नेता बनाउनु पर्ने बाध्यतमा छन् । यसकारण उनको पद खोसिदै छ । अर्थात यसअघि २०७९ को निर्वाचनपछि रवि नै संसदीय दलको नेता थिए । तर, यसपटक उनको त्यो पद खोसिने भएको छ ।
पार्टीमा एक छत्र राज गरेका एमाले अध्यक्ष केपी शर्मा ओली चुनावमै पराजित भएसँगै उनको पद खोसिने निश्चित छ । यसपटक उनी संसद बाहिरै रहदा एमालेको संसदीय दलको नेता भने रामबहादुर थापा बादल बन्ने भएका छन् । एमालेका १९ जना पदाधिकारीमध्ये ११ जना उम्मेदवार थिए। तर, सबै पराजित भए । उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याल भने समानुपातिकको टेको समातेर संसद् प्रवेश गर्दैछन् । एमालेबाट यसपटक प्रत्यक्षमा ९ जना मात्र निर्वाचितबाट १६ जना चयन भएका छन् ।
संसदमा पेस हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ । संसद्मा उसले विशेष महत्व पाउने र पार्टीका सांसदहरुलाई लिड गर्नु पर्ने भएकाले बादललाई नै संसदीय दलको नेता बनाउने सम्भावना प्रवल रहेको एमाले नेताहरुको भनाइ छ । प्रत्यक्षतर्फबाट चुनाव जितेका युवा सांसदलाई सचेतक बनाउने सम्भावना रहेको एमाले नेताहरुको भनाइ छ ।
पराजय बेहोरेका कांग्रेस सभापति गगन थापा पनि संसदीय दलको नेता हुनबाट बञ्चित भएका छन् । कांग्रेसबाट सभापति मात्रै होइन उम्मेदवार बनेका सबै पदाधिकारी पराजित भएका छन् । यस्तो अवस्थामा कांग्रेसले कसलाई संसदीय दलको नेता बनाउला रु यस विषयमा कांग्रेस भित्र छलफल चलेपनि अझै टुंगो लागेको छैन् । कांग्रेसले यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको छ ।
नेकपाको संसदीय दलको नेता भने संयोजक पुष्पकमल दाहाल प्रचण्ड आफै हुने भएका छन् । प्रत्यक्षतर्फ ८ र समानुपातिकमा ९ सिट जितेर चौथो शक्ति बनेको नेकपाका पनि अधिकांश शीर्ष नेताहरु पराजित भएका छन् । यहिकारण प्रचण्ड सहजै दलको नेता हुँदैछन् ।
७ सिट सहित पहिलो पटक संसद् प्रवेश गरेको श्रम संस्कृति पार्टीको संसदीय दलको नेता भने हर्क सम्पाङ आफै हुने भएका छन् भने राप्रपाको संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् । पार्टी अध्यक्षले मात्रै होइन चुनाव लडेका सबै पराजित हुँदा ज्ञानेन्द्र मात्रै विजयी भए । समानुपातिकबाट भने राप्रपाले ४ सिट पाएको छ । बोल्न सक्ने र संसद्मा पार्टीको प्रभाव देखाउन सक्ने भन्दै राप्रपाले ज्ञानेन्द्रलाई नै संसदीय दलको नेता बनाउने भएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया