१६ कात्तिक २०८३
काठमाडौं - संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधानका लागि सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै गर्गसले सैन्य समाधानले संकटलाई थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने बताए। अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट समाधान ननिस्किए गम्भीर परिणाम आउन सक्ने उनले चेतावनी दिए ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलडमरूमध्य पुनः खोल्ने प्रस्तावबारे वार्ताका लागि इरानी प्रतिनिधिमण्डल कतारमा रहेको जानकारी दिएका छन् । उनले इरान कूटनीतिक पहल र आत्मरक्षा दुवैका लागि तयार रहेको बताए ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको युद्धका क्रममा युएईले तीन हजारभन्दा बढी ड्रोन तथा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण सामना गरेको थियो । त्यसयता खाडी मुलुकहरूले आफ्नो रक्षा क्षमता विस्तारमा अर्बौं डलर खर्च गरेका छन् ।
बहराइनका विदेशमन्त्री अब्दुल्लातिफ बिन राशिद अल जायानीले इरानले समुद्री मार्ग, हवाई क्षेत्र र सञ्चार पूर्वाधारलाई लक्षित गरेर क्षेत्रीय स्थिरतामा खतरा उत्पन्न गरेको आरोप लगाए । अन्तर्राष्ट्रिय सुरक्षा अध्ययनसम्बन्धी संस्था आइआइएसएसका अनुसार युद्धको उत्कर्षमा इरानले बहराइनतर्फ करिब पाँच सय ड्रोन र दुई सय ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
सम्मेलनमा खाडी सहयोग परिषद् ९जीसीसी० का सदस्य राष्ट्रबीच साझा रक्षा रणनीतिको अभावलाई पनि प्रमुख सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरिएको थियो । गर्गसले गम्भीर सुरक्षा संकटका बेला खाडी मुलुकहरू सामूहिक रूपमा अघि बढ्न नसकेको स्वीकार गर्दै क्षेत्रीय सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया