१८ वैशाख २०८३
काठमाडौं - नेपालमा टन्ट कमाउने र भरभरको पैसा विदेश पुर्याउने, उतै सम्पत्ति किनेर यता कारोबार नै सुकाउने एक एकमाथि सरकारले निगरानी गर्न थालेको छ । नेपालमा टन्न कमाएर, यहाँको सम्पति बेच्दै हुन्डीमार्फत देशबाट पुँजी पलायन गर्न सघाउनेहरूलाई जेल हाल्नेगरी सरकारले अनुसन्धान थालेको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा विदेशमा बसेर हुण्डी कारोबार गर्नेहरूको खोजी औपचारिकरुपमै थालिएको छ ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान भइरहेका शंकर ग्रुपका सुलभ अग्रवालको दुबईमा रियलस्टेटमा लगानी रहेको सूचनापछि यो अनुसन्धान अघि बढेको हो । अरू नेपाली व्यवसायीहरूले पनि सुलभकै स्टाइलमा पुँजी पलायन गरेको हुन सक्ने सरकारको अनुमान छ । खासगरी मारवाडी समुदायका व्यवसायीहरुले यस्तो हर्कत गरेको हुनसक्ने आशंकासहित अनुसन्धान उनीहरुमाथि केन्द्रित गर्न थालिएको स्रोतको भनाइ छ । यूएइ, सिंगापुर लगायतका देशमा अर्बौ रुपैयाँ उनीहरुले लगानी गरेको हुनसक्ने सरकारी आकलन छ । जुन कुराको सूइको शंखर ग्रुपबाटै मिलेको स्रोतको भनाइ छ । ब्यापारी मात्रै नभइ नेता र कर्मचारीले पनि ती देशमा अबैध बाटो प्रयोग गरेर रियलइस्टमा लगानी गरेको आरोप लाग्दै आएको छ ।
नेपालबाट विदेशमा लगानी गर्न नपाउने कानुनी व्यवस्थाका कारण पुँजी पलायन गर्न हुण्डीजस्तो अवैध च्यानल प्रयोग हुने गर्छ । साथै सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्न पनि हुण्डीको प्रयोग हुन्छ । विदेशमा आर्जन गरेको रकम बैंकिङ च्यानलबाट नेपाल पठाउनुपर्नेमा उतै राख्ने र नेपालमा अर्कै व्यवसायीको पैसा दिने गरेर पुँजी पलायन हुन्छ । सो प्रवृत्ति पत्ता लगाउन प्रधानमन्त्री बालेन शाहको निर्देशनमा ‘हुण्डी गरेको वा संकलन गरेको रकम नेपाल नपठाएको’ गोप्य सूचना संकलन भइरहेको छ ।
त्यही क्रममा यूएई, दक्षिण कोरिया लगायत देशमा नेपाल पठाउन भनी नेपालीहरूको रकम संकलन गर्ने तर वास्तवमा हुण्डीमार्फत् पठाउने व्यक्तिहरूको पहिचान गर्न थालिएको हो । विदेशमा बसेर हुण्डी कारोबार गर्नेको जानकारी संकलन सरकारले गर्ने क्रममा यस्ता व्यक्तिबारे जानकारी इमेलमार्फत् दिन अबुधाबीस्थित नेपाली राजदूतावास, सिओलस्थित नेपाली राजदूतावासले अनुरोध गरेको हो ।
पछिल्लो समय गैरबैंकिङ प्रणालीबाट पैसा पठाउने अवैधानिक तरिका धेरैले अनपाई रहेका छन् । विदेशमा बसेको व्यक्तिले आफ्ने पैसा हुण्डी गर्ने एजेन्टलाई नगद दिन्छन् तर नेपालमा रहेको उसको आफ्नो व्यक्तिले सम्बन्धित व्यक्तिलाई सो रकम दिन्छन् । यस्तो कारोबारले वित्तीय जोखिम बढाउने, ठगीको सम्भावना रहने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने भएकाले यसप्रति सजग रहन भनिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया