०४ साउन २०८२
काठमाण्डौ- पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, पहिरोले घर पुरिँदा ७० वर्षीय छविलाल विश्वकर्माको ज्यान गएको हो । उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोमा पुरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहान गएको पहिरोले एकतले घर पुरेको थियो । विश्वकर्मा दम्पत्तिको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ घरबाट निस्कन सफल भएकाले सकुशल रहेको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
बेपत्ता विष्णुमतीको खोजीका लागि प्रयास भइरहेको तर लगातार पानी परिरहेकोले कठिनाइ भइरहेको उनले बताए । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया