०४ साउन २०८२
काठमाण्डौ- पर्वतको मोदी गाउँपालिका–३ देउराली लाङ्दीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार, पहिरोले घर पुरिँदा ७० वर्षीय छविलाल विश्वकर्माको ज्यान गएको हो । उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोमा पुरिएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहान गएको पहिरोले एकतले घर पुरेको थियो । विश्वकर्मा दम्पत्तिको बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नासाथ घरबाट निस्कन सफल भएकाले सकुशल रहेको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
बेपत्ता विष्णुमतीको खोजीका लागि प्रयास भइरहेको तर लगातार पानी परिरहेकोले कठिनाइ भइरहेको उनले बताए । गएरातिदेखि पर्वत र आसपासका क्षेत्रमा ठूलो पानी परिरहेको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया