२६ माघ २०८२
काठमाडौं- अपराध अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले शान्ति सुरक्षा र अनुसन्धान प्रक्रियामै गम्भीर चुनौती थपिएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डिजिटल प्रविधिको गलत प्रयोग, गलत सूचना (मिसइन्फरमेसन), नियतवश फैलाइने भ्रामक सूचना ९डिसइन्फरमेसन०, हेट स्पिच तथा एआईमार्फत सिर्जना गरिएका झुटा सामग्रीले अपराध अनुसन्धानलाई जटिल बनाइरहेको बताएका छन् ।
राजधानीमा आज आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले छिटो सूचना सम्प्रेषण गर्ने होडबाजीका कारण गलत र अप्रमाणित समाचारहरू फैलिने क्रम बढेको उल्लेख गरे । यस्ता समाचारले समाजमा भ्रम सिर्जना गर्नुका साथै अपराध अनुसन्धानमा नकारात्मक प्रभाव पारेको उनको ठहर छ ।
‘आजको डिजिटल युगमा एआई र सामाजिक सञ्जालको दुरुपयोग साझा चिन्ताको विषय बनेको छ,’ उनले भने । नेपाल प्रहरीले एआई तथा एडभान्स एनालिटिक्स सेल गठन गर्ने तयारी गरिरहेको पनि प्रहरी महानिरीक्षक कार्कीले जानकारी दिए । उक्त सेलले डिजिटल अपराध, एआईको दुरुपयोग, अनलाइनबाट फैलिने झुटा सामग्रीको निगरानी र कानूनी उपचारमा सहयोग पुर्याउने अपेक्षा प्रहरीको छ ।
त्यस्तै राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई सञ्चारकर्मीहरूले आफ्नो पेशागत धर्मको रूपमा आत्मसात गर्नुपर्ने आवश्यकतातर्फ पनि उनले औंल्याएका छन् । अपराध अनुसन्धानमा असर पर्ने किसिमका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत रहन आग्रह गरे ।
अपराध अनुसन्धान विभाग प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले प्रस्तुत गरेको गलत सूचना, भ्रामक सूचना, डिपफेक ९एआई सिर्जित सामाग्री० सम्बन्धी कार्यपत्रमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा केही सञ्चारकर्मी र नेपाल प्रहरीका अवकाशप्राप्त केही उच्च अधिकारीहरुले कार्यपत्रमाथि जिज्ञासा राख्दै विगतका केही अनुभव सुनाएका थिए । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले गलत सूचना, भ्रामक सूचना, डिपफेकबाट सिर्जित समस्या समाधानका लागि प्रहरी र पत्रकारले संयुक्त पहल गर्नुपर्नेमा जोड दिइन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया