०२ साउन २०८२
काठमाडौं- विमानको खराबी र पाइलटको लापरबाहीकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको खुलेको छ । झन्डै एक वर्ष लगाएर छानविन समितिले बुझाएको दुर्घटनाको विस्तृत प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।
जुन प्रतिवेदन शुक्रबार पर्यटन मन्त्री बद्रि पाण्डेलाई समितिले बुझाएको छ । सार्वजनिक प्रतिवेदनमा विमान उडानको बेलामा अत्यधिक चाँडो अगाडिको भाग उठ्न खोज्दा नियन्त्रण गुमेर दुर्घटना भएको निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा विमान उड्ने बेलामा ’रोटेसन स्पीड’ पर्याप्त नपुगेकै अवस्थामा अगाडिको भाग अत्यधिक चाँडो उठेका कारण दुर्घटना भएको उल्लेख छ । छानबिन समितिले उडानका बेला पिच दर ८ दशमलव ६ डिग्री प्रतिसेकेन्ड पुगेको पत्ता लगाएको छ । उक्त दर जहाजको सुरक्षा सीमा भन्दा निकै बढी हो ।
सबै मर्मत ‘सी–चेक’का लागि २०८१ साउन ९ साउनमा पोखरा लैजाँदै गर्दा सौर्य एयरलाइन्सको सीआरजे–२०० (९एन–एएमई) विमान टेकअफ लिनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा एकजना को पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो । पाइलट मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।
जहाजले टेकअफ (उड्दा) गर्दा नै सन्तुलन गुमाएको अन्तिम प्रतिवेदनमा उल्लेख छ । जहाजले भुइँ छाडेको केही सेकेन्डमै दाहिनेतर्फ कोल्टे फर्किएर दायाँतर्फको पखेटाले ट्याक्सी वेबाटै भुइँ छुँदै बजारिन पुगेको थियो ।
प्रतिवेदनका अनुसार, ०८१ साउन ९ गते बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट पोखराका लागि सी–चेकका लागि उडान भरेको थियो । तर, विमानले टेक–अफ गर्दा आवश्यकभन्दा निकै तलको ‘रोटेसन स्पिड’ र अत्यधिक तीव्र पिच गर्दा ५०÷१०० फिट उचाइमै विमान असन्तुलित हुँदै पूर्वतर्फ झरेर विमानस्थल परिसरमै दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस समयमा चालकले लिएको ‘स्पिडकार्ड’ नै गलत भएको, जुन वर्षौंदेखि जाँच नगरी प्रयोग गरिएको पाइएको छ । १८ हजार ५०० किलो तौलका लागि बनाइएको स्पिडकार्डमा नै गलत रहेको उल्लेख छ । आयोगले यससँगै दुर्घटना पाइलटको मात्र गल्तीका कारण नभएर कम्पनी र नियामक निकायमा व्याप्त गम्भीर लापरबाही र प्रणालीगत कमजोरीले दुर्घटनालाई निम्त्याएको बताएको छ ।
यस्तै, यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही भएको पनि प्रतिवेदनमा उल्लेख छ । विमानमा अत्यधिक सामानबिना कुनै सुरक्षात्मक बन्दोबस्त राखिएको, लुब्रिकेन्ट, औजार, र अन्य ज्वलनशील वस्तुसमेत ‘केबिन’ र ‘कार्गो’ मा छरपस्ट राखिएको प्रतिवेदनमा उल्लेख छ । यी सामग्री सामग्री राख्न कम्पनीसँग अनुमति नै नभएको र कम्पनीका कर्मचारी र पाइलटले देखेर पनि कुनै आपत्ति नजनाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उद्धार र आगलागी नियन्त्रणमा पनि विमानस्थल प्रशासन र सुरक्षाकर्मीको तयारी कमजोर भएको औँल्याइएको छ । विमानमा लागेको आगो समयमै नियन्त्रण गर्न नसक्दा धेरै शव जल्न पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै, विमानस्थलको ‘स्ट्रिप’ क्षेत्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार नभएको र ‘ब्लाइन्ड स्पट’ भएका कारण उद्धार–कार्य प्रभावित भएको उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीले प्रयोग गर्ने स्पिडकार्ड, मर्मतको प्रक्रिया र ‘फेरी फ्लाइट’को मापदण्ड अनुगमन नगरेको, विमानस्थलको भौतिक संरचना मापदण्डअनुसार नभएको जस्ता गम्भीर कमजोरी पनि प्रतिवेदनले औँल्याएको छ ।
आयोगले तत्काल कार्यान्वयन गर्नुपर्ने तीनवटा र दीर्घकालीन सुधारका लागि विभिन्न वटा सिफारिस गरेको छ । जसमा चालक प्रशिक्षण सुधार, ‘फेरी फ्लाइट’को स्पष्ट परिभाषा र नियम बनाउने, गम्भीर प्रकारका सामान व्यवस्थापनको कडाइ, उद्धार संयन्त्रको सुधार, र विमानस्थलको संरचना सुधार गर्ने लगायतका सुझाव छन् ।
दुर्घटनाबाट विमान पूर्णरूपमा नष्ट भएको थिएन । एयर डाइनेस्टी हेलिकप्टर सेवा कम्पनीका कन्टेनर र गोदाममा समेत क्षति पुगेको थियो । प्रतिवेदनले दुर्घटना पाइलटको ‘ह्युमन एरर’ नभएर नेपालमा रहेको उड्डयन सुरक्षाको कमजोरी, नियमहरूको अवहेलना, र लापरबाहीपूर्ण संस्कृतिको परिणाम भएको देखाएको छ ।
दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आज हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताए । आयोगले प्रतिवेदन बुझाएलगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ ।
गृहमन्त्री पुगे रवि निवास,त्यसअघि छिरे अमरेशकुमार
बिचौलिया भट्टसँग गोल्छा समूहको पनि साठगाठ ,पक्राउ पर्न सक्छन् शेखर गोल्छा
बालेनलाई विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर
गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानबिन गर्न कांग्रेसको माग
कांग्रेस संसदीय दलको नेता छान्न मंगलबार निर्वाचन
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने
विश्वविद्यालयमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
बालेनको म्याराथन शैलीले सिंहदरबार तरंगित, राजनीतितक गफ र रिवन काट्न निषेध, कांग्रेस एमालेका नेता नै हुँदैछन् मोहित
बालेन सरकार रमिते बन्दा किन्नै नसक्नेगरी बढ्यो महंगी, सांसदलाई केराको चिन्ता, नागरिक भोकै बस्नुपर्ने खतरा
प्रतिक्रिया