०९ मंसिर २०८२
काठमाडौँ - जेन्जी आन्दोलनक्रममा काठमाडौँको चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी आगजनी र लुटपाटका बेला जलेका ७ जना मानिसको डिएनए स्याम्पल समेत निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।
मानव शरीरजस्तो कंकालमात्र भेटिएको खरानी परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको भए पनि सबै जलेका कारण स्पाम्पल निकाल्न समस्या भएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएका छन् ।
उनले भने, ‘यसबीचमा जेन्जी आन्दोलनकै बेला हराएका ७ जना पुरुषका आफन्त हाम्रो सम्पर्कमा आएका छन् । तर डिएनए स्याम्पल नै निकाल्न नसकिएका कारण आशंकितहरुको म्याच गर्न सकिएको छैन । शव जलेर आगोले पूर्णरुपमा नष्ट भएकाले डिएनए स्याम्पल पाउन सकिएन । विशेष प्रविधि भएको देशमा पठाउन सकिन्छ कि भनेर प्रयास भइरहेको छ ।’
जेन्जी आन्दोलनक्रममा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीभित्र ७ वटा मान्छे जलेको अवस्थामा खरानीको आकारमा भेटिएका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया