३० कात्तिक २०८३
काठमाडौं - नेकपा एमालेले मंसिर २ र ३ गते आयोजना भएको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले दुईदिने भेलाको तयारी पूरा भएको जानकारी गराएका हुन् ।
काठमाडौंको माइतीघरमा हुने भेलाको उद्घाटन मङ्सिर २ गते बिहान ११स्०० बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक ९२०८३ असोज ५ देखि ८० ले पारित दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र कामलाई एकजुट भई कार्यान्वयन गरी सफल बनाउने गरी जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु राष्ट्रिय भेलाको मुख्य ध्येय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपङ्क्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा सङ्गठनात्मक एकतालाई सुदृढ बनाउन र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य रहेको छ’, पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसमेत कुल ३,४१४ जनाको सहभागिता रहनेछ । नेकपा ९एमाले०को पार्टी जीवनमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटतर्फ सङ्घीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुने गरी राष्ट्रिय भेला आयोजना गरिएको एमालेले जनाएको छ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू (प्रवासबाट समेत) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् । त्यसैगरी, जनप्रतिनिधितर्फ सङ्घीय सांसदहरू, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू एवं पालिकाका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्षहरू, जनसङ्गठनहरूका प्रतिनिधिहरू, विभिन्न उपसमितिमा रहनुभएका कमरेडहरू एवं भेला व्यवस्थापनमा खटिने स्वयंसेवकहरू सहभागी हुनेछन् ।
सङ्ख्याको हिसाबले राष्ट्रिय भेला महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ ।
भेलालाई अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र काम’सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्ने जनाइएको छ ।
पार्टीका वरिष्ठ नेता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी विशेष सम्बोधन गर्नेछन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् ।
भेलाका सहभागीहरूले आ–आफ्नो आवासको व्यवस्था स्वयंले गर्नुपर्नेछ भने भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको एमालेले जनाएको छ । त्यसका लागि अवकाशप्राप्त सहायक रथी विनोद पाण्डेको नेतृत्वमा १०० जना स्वयंसेवकलाई भेला स्थल र सहभागीहरूको सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइएको एमालेले जनाएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया