१९ कात्तिक २०८३
नयाँ आइजीपी आएसँगै गगन थापालाई पक्राउ गर्न खोज्दैछ सरकार ? कसले गर्दैछ गगनमाथि अघिपछि लागेर निगरानी ?
काठमाडौं- सरकारका हर्कत हेरेर मात्रै नबस्ने चेतावनी दिएसँगै, विपक्षी दलहरुले एउटै मोर्चा बनाएर प्रतिवादमा उत्रिने तयारी गरेसँगै कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेस आधिकारिकताबारे दिएको भनिएको बयान प्रधानमन्त्री बालेन शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै सरकारविरुद्ध कांग्रेस आक्रामक रूपमा प्रस्तुत भइरहेको छ।
कात्तिक १५ गते थापाले बालेन सरकारविरुद्ध आक्रमक अभिव्यक्ति दिएपछि निगरानी बढाएको उनको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार दुई दिनदेखि सादा पोशाकका व्यक्तिहरुले निगरानी बढाएका छन् । केही अपरिचित मानिसहरु मोटरसाइकलमा पछि लाग्ने गरेको, राइड शेयरिङजस्ता देखिने मोटरसाइकलहरु अघिपछि घुम्न थालेको ती सदस्यको भनाइ छ । सानेपास्थित केन्द्रीय कार्यालयमा पनि सादा पोशाकका अपरिचित व्यक्तिको आवतजावत बढेको उनले बताए ।
प्रहरीस्रोतका अनुसार बुधबार पदमुक्त गरिएका आईजीपी दानबहादुर कार्कीले पदमुक्त हुनुअगावै ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सभापति थापामाथि निगरानी राख्न भनेका थिए । तर, बिहीबार बिहान कार्यालय समय सुरु भएपछि कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीलाई दिने बिफ्रिङमा त्यससम्बन्धमा कुनै निर्देशन दिएनन् । त्यस्तो निर्देशन बुधबार पनि दिएका थिएनन् ।
उच्च प्रहरी स्रोतका अनुसार आईजीपी फेरेसँगै अबका केही दिनमै केही मान्छे पक्राउ गर्ने प्रधानमन्त्री कार्यालयको तयारी देखिन्छ। कांग्रेस सभापति गगन थापामाथि निगरानी बढाएको पनि त्यसैका लागि हो जस्तो छ । तिहारअगाडि केही मान्छे पक्राउ गर्ने योजनाअनुसार बुधबार नै आईजीपी दानबहादुर कार्कीलाई हटाइएको एक सुरक्षा अधिकारीले बताए। बुधबार सरकारले प्रहरी प्रमुखबाट कार्कीलाई हटाएर मनोज केसीलाई आइजीपी बनाएको छ ।
सरकारले आफूलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने सुइँको पाएका कांग्रेस सभापति थापाले त्यस्तो अवस्थामा चाल्ने रणनीतिबारे पार्टीभित्र आन्तरिक छलफल र परामर्श तीव्र पारेका छन्। बुधबार पार्टीका शीर्ष नेतासँग छलफल गरेका थापाले बिहीबारका लागि पनि पदाधिकारीको बैठक नै बोलाएका छन्। कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्रविरुद्ध कानुनी र राजनीति प्रतिवादमा उत्रिने बताएका छन्। पार्टी आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग कांग्रेसले गरेको छ।
यता, कांग्रेसकै सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौँ बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । बालेन सरकारले तर्साएर सत्ता चलाउन खोजिरहेको भन्दै नबिराउनु नडराउनु भनेझैँ आफू काठमाडौँ बाहिर रहेको र काठमाडौँ फर्कदै गरेको बताए । उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान मात्रै सरकारले दिन खोजेको भय र भ्रमले विचलित नहुने बताएका छन् ।
साइबर ब्युरोले नेता शिवाकोटीलाई पत्रकार रोशन खड्काको उजुरीका कारण बोलाइएको ब्युरो स्रोतले बताएको छ । उनले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया