१६ पुस २०८२
काठमाडौं - नेपाली कांग्रेस सर्लाहीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक तर्फको उम्मेदवार सूचीप्रति आपत्ति जनाएको छ।
सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारले केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराएका हुन् ।
सर्लाही जिल्लाबाट समानुपातिक उम्मेदवार सिफारिस भएका मो। अन्सार खाँ पार्टीको कुनै पनि तहको समितिबाट सिफारिस नभएको र पार्टी संगठनमा कहिल्यै सक्रिय नदेखिएको व्यक्ति रहेको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘गत २०र२५ वर्षदेखि भारतको लुधियानामा व्यापार गरेर बसेको व्यक्ति कसरी कुन मापदण्डअन्तर्गत समानुपातिक सदस्यमा सिफारिस भयो रु यो आश्चर्य र शङ्कास्पद विषय हो । केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा बसेर नेपाली कांग्रेसको संगठन विस्तारमा अहोरात्र लाग्नु भएका साथीहरूको आत्मबल गिरेको छ । साथीहरूमा विद्रोहको भावना जागृत भएको छ । संगठनमा बसेर किन काम गर्ने भन्ने प्रश्न उठेको छ ।’
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया