०४ भदौ २०८२
काठमाडौं- अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको भीषण सवारी दुर्घटनामा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ज्यान गुमाउनेहरूमा १७ जना बालबालिकासमेत छन्।
दुर्घटनामा परेका सबैजसो इरानबाट निर्वासित अफगान आप्रवासी थिए। बस काबुल जाँदै गरेको अवस्थामा ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो। सो दुर्घटनामा बसमा सवार सबै यात्रु, साथै ट्रक र मोटरसाइकल चालकको पनि मृत्यु भएको छ।
बस अफगानिस्तान–इरान सीमास्थित इस्लाम काला नाकाबाट राजधानी काबुलतर्फ जाँदै थियो। हेरात प्रहरीले दुर्घटनाको कारण तीव्र गति र बस चालकको लापरवाही भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
इरानले पछिल्ला महिनाहरूमा अवैध रूपमा बसेका अफगान आप्रवासीहरूलाई जबरजस्ती फिर्ता पठाइरहेको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय ९ग्ल्ज्ऋच्० का अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म १५ लाखभन्दा धेरै अफगान नागरिकहरू इरान छोड्न बाध्य भएका छन्।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया