०४ भदौ २०८२
काठमाडौं- अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको भीषण सवारी दुर्घटनामा कम्तीमा ७३ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ज्यान गुमाउनेहरूमा १७ जना बालबालिकासमेत छन्।
दुर्घटनामा परेका सबैजसो इरानबाट निर्वासित अफगान आप्रवासी थिए। बस काबुल जाँदै गरेको अवस्थामा ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको हो। सो दुर्घटनामा बसमा सवार सबै यात्रु, साथै ट्रक र मोटरसाइकल चालकको पनि मृत्यु भएको छ।
बस अफगानिस्तान–इरान सीमास्थित इस्लाम काला नाकाबाट राजधानी काबुलतर्फ जाँदै थियो। हेरात प्रहरीले दुर्घटनाको कारण तीव्र गति र बस चालकको लापरवाही भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
इरानले पछिल्ला महिनाहरूमा अवैध रूपमा बसेका अफगान आप्रवासीहरूलाई जबरजस्ती फिर्ता पठाइरहेको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय ९ग्ल्ज्ऋच्० का अनुसार सन् २०२५ को सुरुदेखि हालसम्म १५ लाखभन्दा धेरै अफगान नागरिकहरू इरान छोड्न बाध्य भएका छन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया