१४ कात्तिक २०८२
काठमाडौं- मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर घाइते भएका एक पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्।
चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौंको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्। प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
‘टाउकोमा गम्भीर चोट छ, झन् जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन,’ उनले भने। प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन्। बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका हुन्।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया