०५ फागुन २०८१
काठमाडौं- भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले रहस्यमय मृत्यु भएसँगै
कलेजले अन्य नेपाली विद्यार्थीहरुलाई पनि निकालेको छ ।
बी–टेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कलेज प्रशासनले भनेको छ, ‘स्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ । अहिले स्थिति नियन्त्रणमा छ ।’ भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुई वटा बस कटक रेलवे स्टेशनमा पुगेको छ । त्यहाँबाट ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ ।
रेलवे स्टेशनमा पुगेका एक नेपाली छात्रले भने, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’
केआईआईटीका रजिस्ट्रारका अनुसार बी–टेक तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राले आइतबार होस्टेलमै आत्महत्या गरेकी हुन् । उनको केआईआईटीमै अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्ध रहेको र कुनै विषयमा उनीहरूबिच विवाद भएकाले यस प्रकारको घटना भएको हुन सक्ने विभिन्न स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
छात्राको शव प्रहरीले नियन्त्रणमा लिएको र मृतकका आमाबुबालाई यसबारे सूचित गरिएको जनाइएको छ । भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ । ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया