०५ फागुन २०८१
काठमाडौं- भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा एक नेपाली छात्राले रहस्यमय मृत्यु भएसँगै
कलेजले अन्य नेपाली विद्यार्थीहरुलाई पनि निकालेको छ ।
बी–टेक तेस्रो वर्षमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । कलेज प्रशासनले विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कलेज प्रशासनले भनेको छ, ‘स्थितिलाई ध्यानमा राख्दै नेपाली विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ । अहिले स्थिति नियन्त्रणमा छ ।’ भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार नेपाली विद्यार्थीलाई बोकेको दुई वटा बस कटक रेलवे स्टेशनमा पुगेको छ । त्यहाँबाट ती विद्यार्थीलाई नेपालतर्फ पठाइने जनाइएको छ ।
रेलवे स्टेशनमा पुगेका एक नेपाली छात्रले भने, ‘हामीलाई होस्टेल खाली गर्न भनियो । हामीलाई जबरजस्ती रेलवे स्टेशनमा ल्याइएको छ । हामीले २८ फेब्रुअरीमा परीक्षा दिनुपर्ने थियो ।’
केआईआईटीका रजिस्ट्रारका अनुसार बी–टेक तृतीय वर्षमा अध्ययनरत नेपाली छात्राले आइतबार होस्टेलमै आत्महत्या गरेकी हुन् । उनको केआईआईटीमै अध्ययनरत एक छात्रसँग प्रेम सम्बन्ध रहेको र कुनै विषयमा उनीहरूबिच विवाद भएकाले यस प्रकारको घटना भएको हुन सक्ने विभिन्न स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
छात्राको शव प्रहरीले नियन्त्रणमा लिएको र मृतकका आमाबुबालाई यसबारे सूचित गरिएको जनाइएको छ । भुवनेश्वरका डीसीपी पिनाक मिश्राका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा एक छात्रलाई नियन्त्रणमा लिइएको छ । ती छात्रसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
मृतक छात्राको मोबाइल, ल्यापटप र अन्य ग्याजेट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया