१८ पुस २०८२
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनका लागि तीनवटा प्रस्ताव राखेका छन् । शुक्रबार छलफलका लागि आएका २५ बढी केन्द्रीय सदस्यसँग शर्माले केन्द्रीय समितिले नै आह्वान गर्ने गरी तीनवटा प्रस्ताव गरेका हुन् ।
‘पहिलो, केन्द्रीय समितिले नै बैठक आह्वान गरेको अवस्थामा पुस २६ गते महाधिवेशन बोलाउने र नीति र नेतृत्व चयन भने २७ गते गर्न सकिन्छ,’ उनले केन्द्रीय सदस्यहरूलाई भने, ‘दोस्रो – केन्द्रीय समितिले नै बोलाउने र यसलाई नीति महाधिवेशन रुपमा गरेर संकल्प महाधिवेशनमा रुपान्तरण गर्ने । यी दुवै भएनन् भने तेस्रो विकल्प हो विधानअनुसार, अहिलेको मागअनुसार विशेष महाधिवेशन गर्ने ।’
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । महामन्त्रीहरू विशेषको विकल्प नभएको बताउँदै आएका छन् भने संस्थापन समूहका नेता भने फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने भएपछि त्यसअघि महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया