१८ कात्तिक २०८३
काठमाडौं- सेटिङका माहिर खेलाडी मानिएका, न्यायाधीशदेखि नेतासम्मसँग साँठगाँठ गरेका बिचौलिया इनम सापाकोटाको बयानले प्रमुख विपक्षी दल नेपाली कांग्रेसमा भूकम्प ल्याइदिएको छ ।
विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको वैधानिकता र आधिकारिकतालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा गगन थापा नेतृत्वको कार्यसमितिकै पक्षमा फैसला गराउन बिचौलिया सापकोटाको मध्यस्थतामा १८ करोड रुपैयाँको ’डिल’ भएको खबरहरु बाहिर आएसँगै, इनमको अडियो नै बाहिरिएसँगै कांग्रेसवृतमा तरंग पैदा भएको छ ।
यो खबर सार्वजनिक हुनासाथ सानेपादेखि चुनदेवीसम्म राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। सभापति गगन थापा र विशेष महाधिवेशन पक्षधर नियोजित रुपमा फसाउने र प्रतिपक्षीको आवाज कमजोर बनाउने उद्देश्यबाट सरकारले नै यो सब गराएको दाबी गरिरहेका छन् । उता शेरबहादुर देउवा पक्षधर भने यसलाई सामान्य रुपमा लिन नसकिने भन्दै गहिरो र निष्पक्ष छानविनको माग गरिरहेका छन् ।
समाचार बाहिरिएलगत्तै सभापति गगन थापाको सचिवालयले कडा शब्दमा विज्ञप्ति जारी गर्दै यसलाई ‘निराधार, कपोलकल्पित र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित’ भन्दै खण्डन गरेको छ। अनुसन्धानका गोप्य कागजात र कथित बयान छानिछानी मिडियामा ल्याइनुले प्रहरी अनुसन्धानकै निष्पक्षतामा गम्भीर प्रश्न उठाएको कांग्रेसको भनाइ छ। सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले १८ करोडको आरोप र प्रधानमन्त्री बालेन शाहको स्टाटसतर्फ संकेत गर्दै भने– “ अहिले ठिक १८ बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन।“
यस्तै उपसभापति चन्द्र भण्डारी र नेता देवराज चालिसेले पूर्वाग्रह राखेर नभई निष्पक्ष छानबिन गर्न चुनौती दिँदै लाखौँ कार्यकर्ताको अभिमतबाट आएको पार्टीको वैधानिकता प्रमाणित गर्न सत्ताका कुनै ‘सिखण्डी वा कृपापात्र’ को आवश्यकता नरहेको स्पष्ट पारेका छन्। इनम सापकोटाको बाहिरिएको बयान र अडियोलाई लिएर सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। शिवाकोटीका अनुसार हिरासतमा रहेका इनमको अडियो टुक्रा–टुक्रा जोडेर र छेडखानी गरेर गगन थापालाई रक्षात्मक बनाउने उद्देश्यले बाहिर ल्याइएको हो।
यता पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता प्रकाशशरण महतले चुनदेवीमा पत्रकार सम्मेलन गरी यो प्रकरणको गहिरो र निष्पक्ष छानबिन माग गरेका छन्। उनले भनेका छन्– “विशेष महाधिवेशन नै विधि र प्रक्रिया मिचेर गरिएको थियो। अहिले मिडियाबाट नयाँ–नयाँ कुरा पर्दाफास भइरहेका छन्। बिचौलियासँग लेनदेन भएको विषय गम्भीर भएकाले सरकार वा संवैधानिक निकायहरूले अधिकारको दुरुपयोग भएको ठाउँमै पुगेर छानबिन गर्नुपर्छ।“
बिचौलिया इनम सापकोटाको बयानले कांग्रेसभित्र खैलाबैला मात्रै मच्चाएको छैन् । विशेष महाधिवेशन पछि गगन गापाको नेतृत्वमा नियमित महाधिवेशन समेत भैसकेको अवस्थामा फेरि कांग्रेस विवाद उछालिएको छ । गगन थापा पक्षलाई रक्षात्मक बनाउने र देउवा पक्षलाई आक्रामक बनाएर कांग्रेस विवाद फेरि चर्काउन खोजिएको छ ।
अब मुल प्रश्न के १८ करोडको डिल साँच्चै न्यायपालिका र पार्टीको आधिकारिकता बेच्ने कालो सौदाबाजी थियोरु वा आफ्ना असफलता ढाक्न र प्रतिपक्षलाई रक्षात्मक बनाउन सत्तापक्षले रचेको राजनीतिक अस्त्र मात्रै हो रु यदि इनमबयान साँचो हो भने छानबिनको सुई कहाँसम्म पुग्छरु र यदि यो प्रोपोगण्डा मात्र हो भने प्रहरी अनुसन्धानका विवरण कसको इसारामा बाहिरिइरहेका छन् रु यी प्रश्नहरूको निष्पक्ष जवाफ जनताले कुरिरहेका छन् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया