०२ कात्तिक २०८२
काठमाडौं- माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको भन्दै पार्टीको भूमिका बढेको बताएका छन् ।
महालक्ष्मीस्थानमा पार्टीद्वारा आयोजित नेपाल संवत् ११४६ को शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।
‘गत भदौ २३ गते जेन(जीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौं,’ उनले भने ।
जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको भन्दै दाहालले युवाको चाहाना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए ।
‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ’, उनले भने ।
सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा जनता र युवालाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, दाहालले भने ।
प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरामाथि गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको उनको टिप्पणी छ । संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने नभई सम्बन्धित पार्टीका सदस्यहरूले निराकरण गर्ने बताए ।
केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
सुकुमबासी बस्तीको समान धमाधम सार्न थालियो
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह
प्रहरीको बिल्लिबाठ बनाउने ओलीको निर्णय बालेनले गरिदिए खारेज, राष्ट्रपतिलाई हेलिप्याड बनाउन खोसिएको थियो प्रहरीको जग्गा
बागमतीबाट सुकुम्बासी लखेट्न फेरि कस्सीए बालेन, शनिबार थापाथलीमा डोजर चलाउने
सरकारी कर्मचारीले काम रोके ? सिधै ११११ मा फोन गर्नुहोस्
काठमाडौंको वायु प्रदूषणले ‘निकै अस्वस्थ’को तह पार गर्यो
सम्पत्ति शुद्धीकरण मुद्दा : दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन म्याद थप
सुदनलाई सिध्याउन ब्यापारीले बनाएका थिए जालो , पक्राउबाट जोगिन शेखरहरुको यस्तो थियो षड्यन्त्र
प्रतिक्रिया