१८ कात्तिक २०८३
काठमाडौँ - भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने भएका छन् । उनी दुई दिवसीय भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।
मङ्सिरको पहिलो हप्तादेखि हुन लागेको प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका लागि मिस्री नेपाल आएका हुन् ।
विदेश सचिव मिस्रीले अहिले ११ बजे परराष्ट्र मन्त्री खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव राईसँग भेटघाट सकिएपछि अर्थमन्त्री वाग्लेसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । आजै उनले भौतिक पूर्वाधारमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रका एक अधिकारीले भने– ‘अरू शिष्टाचार भेटघाट मात्र हो, मुख्य छलफल सचिवसँग हुनेछ, त्यहाँ प्रधानमन्त्री बालेनको भारत भ्रमणको एजेन्डा बारे छलफल हुनेछ ।’ प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा छलफल एजेन्डाको विषयवस्तुमा पनि त्यही छलफल हुनेछ अरूसँग शिष्टाचार भेटघाट मात्र हुने बताइएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भोलि भेटघाट हुने स्रोतले जनाएको छ । भारतीय सचिव मिस्री भोलि दिउँसो स्वदेश फर्किनुअघि प्रधानमन्त्री वालेनसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया