०१ मंसिर २०८३
काठमाडौं- विगत १२ वर्षदेखि नेपालले भारतसँग निरन्तर ताकेता गरेको, ओली, देउवा र प्रचण्ड लाग्दा पनि हात पार्न नसकेको एउटा महत्वपूर्ण उपलब्धी प्रधानमन्त्री बालेन शाहले हात पार्ने भएका छन् ।
हरेक उच्चस्तरीय भ्रमणमा भारतबाट आश्वासन मात्रै पाउँदै आएको पश्चिमतर्फको ‘एयर रुट’ अर्थात् हवाई प्रवेशमार्गको गाँठो यसपटक फुक्ने भएको छ। प्रधानमन्त्री बालेन शाहको आगामी मंसिर ६ गतेबाट सुरु हुने भारत भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा भएको उच्चस्तरीय प्राविधिक तथा कूटनीतिक छलफलपछि भारत महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने हवाई रुट दिन सकारात्मक बनेको छ।
२०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल आउँदा ६ महिनाभित्र पश्चिमतर्फको हवाई रुट टुंग्याउने सहमति भएको थियो। त्यसयता १२ वर्ष बित्यो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणदेखि एस। जयशंकरको काठमाडौँ यात्रासम्म आश्वासन मात्रै दोहोरिरह्यो, तर रुट खुलेन। यसपटक प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणको मुख्य प्रतिष्ठा नै एयर रुटलाई बनाएपछि पर्यटनमन्त्री खडकराज पौडेलले प्रधानमन्त्रीको भ्रमणअघि नै यसमा अन्तिम सहमति जुटाउने गृहकार्य थालेका छन् ।
अहिले विदेशबाट नेपाल आउने सबै जहाज बाराको एउटै मात्र सिमरा विन्दु हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ। मध्यपूर्व र पश्चिमतर्फबाट आउने जहाजले भैरहवा वा पोखरा जानसमेत सिमरा पुगेर फेरि पश्चिम फर्कनुपर्दा २० देखि २५ मिनेट अतिरिक्त समय र लाखौँको इन्धन खर्च बढ्ने गरेको छ। यही कारण विदेशी एयरलाइन्सहरू भैरहवा र पोखरा आउन अनिच्छुक थिए।
महेन्द्रनगरको हवाई प्रवेशमार्ग खुलेमा पश्चिमबाट आउने जहाज सोझै नेपाल प्रवेश गरी भैरहवा, पोखरा र काठमाडौँ अवतरण गर्न सक्नेछन्। यसले अर्बौं खर्चेर बनाइएका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा चलायमान बनाउने बाटो खोल्नेछ।
तर, १२ वर्षपछि महेन्द्रनगरको ढोका खोल्न तयार भएको भारतले बदलामा नयाँ शर्त अघि सारेको छ। भारतको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलबाट बिहारको रक्सौल विमानस्थलसम्म उडान भर्न नेपालको पूर्वी तराई क्षेत्रको आकाश प्रयोग गर्न दिनुपर्ने माग भारतीय अधिकारीहरूले राखेका छन्।
अहिले बागडोगराबाट फारविसगन्ज, दरभंगा र मोतिहारी हुँदै करिब ५०० किलोमिटर लामो बाटो घुमेर रक्सौल पुग्नुपर्ने बाध्यता भारतलाई छ। नेपाली आकाशको छोटो रुट प्रयोग गर्न पाए भारतको आन्तरिक उडान समय र इन्धन दुवै बचत हुनेछ। नेपाली टोलीले भने यो शर्तबारे काठमाडौँमा उच्चस्तरीय छलफल र सुरक्षा समीक्षा गरेर मात्र जवाफ दिने बताएको छ। १२ वर्षदेखि भारतको सुरक्षा चासोको बहानामा रोकिएको महेन्द्रनगरको एयर रुट खुल्नु नेपालको उड्डयन क्षेत्रका लागि ऐतिहासिक सफलता हुनेछ। तर, भारतले अघि सारेको ‘बागडोगरा–रक्सौल’ उडानका लागि पूर्वी तराईको आकाश दिने शर्तलाई समान्य रुपमा लिन सकिने अवस्था छैन् । यो विषयमा सरकार उतिकै संवेदनशिल हुन जरुरी छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया