२१ माघ २०८२
काठमाडौं - जति जति चुनाव नजिकिरहेको छ, उति उति छट्पटि रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अदालतले समेत झड्का दिएको छ । सर्वोच्च अदालतले कुनै हालतमा संसद् विघटनलाई स्विकार्ने अवस्था नभएको दाबी गर्दै आएका, तत्काल फैसला गर्न अदालतलाई दबाब दिएका ओलीलाई अदालतले नै झड्का दिएको छ ।
प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा फागुन २१ को निर्वाचन अघि सर्वोच्चले नहेर्ने करिब निश्चित भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको मुद्दा माघ २८ का लागि साधारण तारिख तोकेको छ । सर्वोच्च अदालतले मुद्दा व्यवस्थापन सम्बन्धी केही कामहरु बाँकी रहेको भन्दै प्रतिनिधिसभा विघटनको मुद्दामा २८ माघमा सामान्य तारिख दिएको हो । त्यो दिन सबै काम सम्पन्न भएमा छिटोमा दुई÷तीन सातापछि पेशी तोकिन सक्छ । अर्थात, कम्तीमा पनि फागुन २० अघि प्रतिनिधिसभा विघटनको मुद्दाले सुनुवाइको पालो पाउने देखिँदैन ।
निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएपछि संसद् पुर्नस्थापनाको सम्भावना करिब सकिने छ । यस्तो अवस्थामा सबैभन्दा ठूलो झड्का एमालेलाई लाग्ने भएको छ । किनकी संसद् पुर्नस्थापनको माग एमालेले मात्रै एकलौटी रुपमा गर्दै आएको थियो ।
कांग्रेसको देउवा पक्ष पन िसंसद् पुर्नस्थापनको पक्षमा उभिए पनि पार्टीले आधिकारिक रुपमा कुनै निर्णय गरेको थिए । तर, एमालेले भने अध्यक्ष ओलीकै जोडबलमा संसद् पुर्नस्थापनको मागलाई पार्टीको बटमलाइन बनाएको थियो । चुनावी वातावरण नबनेको भन्दै सरकारलाई धम्क्याइरहेको थियो । यद्यपी सबैदल चुनाबी प्रक्रियामा सहभागी भएपछि लतारिएरै चुनावमा भाग लिन तयार भएको एमालेलाई सबैभन्दा ठूलो झड्का लागेको छ । एमाले अध्यक्ष ओलीले २ दिन अघि मात्रै संसद् पुनस्र्थापनाको मुद्दाबारे चाँडो फैसला गर्न माग गरेका थिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया