१८ असार २०८३
काठमाडौं- चितवन महाधिवेशनबाट चुनाव जितेर आएकाहरुलाई बुधबार सभापति रवि लामिछानेले सपथ खुवाएसँगै अब रास्वपामा को को मनोनित हुँदैछन् ? कुन पदमा कसले अवसर पाउँदैछन् रु सभापति रविको नजरमा को को परेका छन् ? यो विषयमा चर्चा सुरु भएको छ ।
रास्वपामा प्रत्यक्षतर्फ सभापतिसहित ७ जना पदाधिकारी महाविधेशनबाट चुनिए पनि ११ जना भने मनोनित हुन बाँकी नै छ । रास्वपाको विधानअनुसार वरिष्ठ नेतासहित ११ जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन हुनेछन् । पूर्वसहमतिअनुसार प्रधानमन्त्री बालेन शाह वरिष्ठ नेता बन्ने निश्चित भएपनि त्यसबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष कसलाई बनाइन्छ भन्ने विषयमा चर्चा सुरु भएको छ।
चितवन महाधिवेशनबाट २ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री निर्वाचित भइसकेका छन्। जो सभापति रवि लामिछानेनिकट हुन्। बालेन समूहबाट १ सहमहामन्त्री मात्र असीम शाह निर्वाचित भएका छन्। त्यस हिसाबमा पनि मनोनय गर्न बाँकी रहेका पदाधिकारीमा कस्ता नेता पर्लान् भनेर रास्वपा नेताहरू प्रतीक्षामा छन्। एकताको सन्देश दिँदै सकभर एक व्यक्ति, एक जिम्मेवारी होस् भन्ने सभापतिको धारणा रहेको रास्वपाका उच्च तहका नेताहरुको दाबी छ । सकभर केन्द्रीय सदस्यमा चुनाव नलडेका नेताहरूलाई पदाधिकारी बनाउने योजनामा रवि देखिएका छन् । त्यसो हुँदा उपसभापति पद बालेन समूहलाई दिन सक्ने सम्भावना देखिन्छ। प्रधानमन्त्री बालेन शाह निकट एक नेताका अनुसार उपसभापति पूर्वाधारमन्त्री सुनिल लम्सालले पाउने सम्भावना उच्च छ।
त्यसो त गृहमन्त्री सुधन गुरुङले समेत उपसभापति नै ताके पनि बालेनले सुनिललाई नै रोजेको स्रोतको भनाइ छ । महामन्त्रीका दाबेदार रहेर अन्तिममा नाम फिर्ता लिएका कविन्द्र बुर्लाकोटी, रास्वपाभित्र एकता प्रक्रियाबाट आएकाले समीक्षा बास्कोटालाई पनि उपसभापतिको दाबेदारका रूपमा हेरिएको छ। तर उनीहरुमध्ये कविन्द्रलाई संसदमा केन्द्रित गर्ने र समिक्षालाई मन्त्री बनाउनेगरी तयारी भएको स्रोतले बताएको छ।
रास्वपामा दुई महामन्त्री हुनेमा एक पदमा रविका विश्वासपात्र विपिन आचार्य निर्वाचित भइसकेका छन् भने अब अर्का महामन्त्री भने बालेन समूहले पाउने नेताहरू बताउँछन्। महामन्त्री भूपदेव शाहलाई नै बनाउने सम्भावना बलियो छ ।
रास्वपामा अर्को प्रभावशाली मानिने पद प्रवक्ता हो। यसपटक पनि रवि आफ्ना विश्वासपात्रलाई प्रवक्ता बनाउने योजनामा छन्। मनिष झाले महामन्त्रीमा चुनाव लडेर विपिन आचार्यसँग पराजित भएपछि प्रवक्ता नबस्ने घोषणा गरिसकेकाले रविको नजर प्रमोद न्यौपानेतिर छ। सांसद बन्ने अवसर नपाएका उनलाई रविले प्रवक्ताको जिम्मेवारी दिने सम्भावना बलियो छ । ३ जना मनोनित हुने सहप्रवक्तामा भने कलष्टर मिलाउने रविको तयारी छ ।
यसैगरी रास्वपामा पाँच जना सहमहामन्त्री रहन्छन्। ३ जना प्रत्यक्ष चुनावबाट आइसकेकाले अब २ जना मनोनयन गर्न बाँकी छ। जसबारे रविले कुनै संकेत दिएका छैनन्। यसैगरी रास्वपामा कोषाध्यक्ष पद पनि छ। यसअघि चार वर्ष लिमा अधिकारी सो जिम्मेवारीमा थिइन्। उनलाई नै दोहोर्याउने रविको तयारी रहेको स्रोतले जनाएको छ। चितवन महाधिवेशनबाट चुनाव जितेर आएका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई भने बुधबार सभापति रवि लामिछानेले सपथ खुवाएर प्रमाण पत्र दिएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया