२० वैशाख २०८३
काठमाडौं - नेपाल पत्रकार महासंघले यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेको जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा महासंघले शनिबार विज्ञप्ति प्रकाशित गर्दै पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष निकालेको छ । वर्तमान सरकारले अख्तियार गरेको कदमबाट लोकतान्त्रिक संस्कृतिको संरक्षणमै शंका हुने स्थिति सिर्जना भएको महासंघको भनाइ छ ।
‘सञ्चार क्षेत्रको आर्थिक संकट समाधान, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक, सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाको प्रतिरक्षा गर्नु महासंघका सामु चुनौती छन् । निर्वाचनपछि बनेको सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, जनताको मौलिक हकको प्रत्याभूति र लोकतान्त्रिक संस्कृतिको सरक्षण गर्छ भन्नेमा महासंघ सशंकित छ,’ महासंघको विज्ञप्तिमा छ ।
महासंघ सञ्चार अनुगमन इकाइले ४ मे २०२५ देखि ३० अप्रिल २०२६ सम्म संकलन गरेको विवरणअनुसार चालू वर्ष एक सय ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष ७३ वटा घटना भएका थिए । त्यसभन्दा अघिल्लो वर्ष ६२ वटा थिए । तुलनात्मक विश्लेषण गर्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको तथ्यांकले देखाएका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया