०२ मंसिर २०८३
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार के गर्छ भन्ने टुंगो ठेगान भएको, तिथिविधि मान्ने, संविधान मान्ने, कानुन मान्ने, एउटा मर्यादाभित्र बस्ने सरकार होइन ।’
आफ्नो गिरफ्तारी र संभावित गिरफ्तारीबारे लामै चर्चा गरेका ओलीले लाखौंको संख्यामा एमाले सडकमा उत्रने चेतावनी पनि दिए । ‘एमाले चुप लागेर बस्नेछैनौं । संख्या केही हजारका दरले त्यसबेला ९ओली गिरफ्तार हुँदा० निस्कियो होला । अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले चेतावनी दिए ।
नयाँ आईजीपीले ओली, प्रचण्ड र शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको पनि ओलीले दाबी गरेका छन् ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया