०६ मंसिर २०८३
काठमाडौं- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन् ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी ९जसपा० नेपालका संसदीय दलका नेता यादवले आज बिहान शपथ लिएका हुन् ।
मधेशका निर्वतमान मुख्यमन्त्री समेत रहिसकेका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव आफू आफ्नो गृह जिल्ला रौतहटतिर भएको र प्रदेश प्रमुख कार्यालयबाट शपथको एक घण्टा अघि मात्र निम्तो पाउँदा सपथ समारोहमा जान नसकेको बताए ।
‘म गृह जिल्लातिर छु । सपथको एक घण्टाअघि मात्र प्रदेश प्रमुख कार्यालयबाट फोन आएको थियो । टाढा रहेको कारण जान सकिनँ,’ उनले भने ।
यता नेकपा संसदीय दलका नेता युवराज भट्टराई पनि आफू गृह जिल्ला रौतहटतिरै भएको र नवनियुक्त मुख्यमन्त्रीले एकघण्टा अघि मात्र फोन गर्दा जान नभ्याएको बताए ।
मधेश प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णबाट पूर्वनिर्धारित कार्यक्रम अनुसार भएको शपथ समारोहमा जनमतका तर्फबाट चन्दनकुमार सिंह मात्र उपस्थित थिए ।
पूर्व मुख्यमन्त्रीको रूपमा जसपा नेपालकै लालबाबु राउत सहभागी थिए । जसपा नेपालकै नेता तथा सांसद भए पनि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल पनि सहभागी थिएनन् ।
यद्यपि शपथग्रहण पश्चात नवनियुक्त मुख्यमन्त्री यादवले यसैलाई सर्वदलीय सरकारको रूप दिने बताए ।
उनले एकसाताभित्र विश्वासको मत लिने पनि बताएका छन् । तर, शपथग्रहण समारोहमा जनमत बाहेकका दल नआउनुले उनलाई विश्वासको मत लिन चुनौती नै देखिन्छ ।
गत मंसिर ४ गते अपराहन्न ४ बजेसम्मका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को २ बमोजि सरकार गठनका लागि दिएको समय सीमाको अन्तिम समयमा एमाले, कांग्रेस र नेकपा संसदीय दलको नेता पुगेर प्रदेश प्रमुखलाई समय थप्न आग्रह गरेका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया