०६ जेठ २०८३
काठमाडौं- डा मनोज शर्मा प्रधानन्यायाधीश भएर इन्ट्री भएसँगै सर्वोच्च अदालतमा ठूलै तरंग उत्पन्न भएको छ । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् भने उनको कार्यकक्ष नै सारिएको छ । अर्का न्यायाधीश कुमार रेग्मीको वरिष्ठ न्यायाधीश पद नै खोसिएको छ ।
प्रधानन्यायाधीश बन्न अनेकन प्रयत्न गरेकी, जसैगर्दा पनि सर्वोच्चको नेतृत्वमा पुग्न असफल भएकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । प्रधानन्यायाधीश बनेर डा मनोज शर्माले इन्ट्री मारेसँगै निकै तनावमा परेकी न्यायाधीश मल्ल २० दिनका लागि बिदामा बसेकी छिन् । प्रधानन्यायाधीशको स्वागतमा समेत देखा नपरेकी उनी आफैले बिदा स्वीकृत गरेर बुधबारदेखि बिदामा बसेको सर्वोच्च प्रशासनले जनाएको छ ।
मंगलबार डा मनोज शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले बुधबारबाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश मल्लले सार्वजनिक रुपमै असन्तुष्ट पोखेकी थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले फुलकोर्ट बैठक बोलाएकी थिइन् । फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा नोकझोक भएपछि शर्मा वैशाख २५ गतेदेखि इजलास बसेका थिएनन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै आजदेखि शर्मा इजलासमा बसेका छन् ।
यस्तै डा। मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन् । कामु प्रधानन्यायाधीश हटेपछि सर्वोच्च प्रशासनले मल्लको कार्यकक्ष नै सारिदिएको छ । नयाँ भवनमा रहेको उनको कार्यकक्ष त्यहाबाट सारेर एनेक्स भवनको तेस्रो तलामा च्याम्बर राखिदिएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया