०६ जेठ २०८३
काठमाडौं- डा मनोज शर्मा प्रधानन्यायाधीश भएर इन्ट्री भएसँगै सर्वोच्च अदालतमा ठूलै तरंग उत्पन्न भएको छ । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् भने उनको कार्यकक्ष नै सारिएको छ । अर्का न्यायाधीश कुमार रेग्मीको वरिष्ठ न्यायाधीश पद नै खोसिएको छ ।
प्रधानन्यायाधीश बन्न अनेकन प्रयत्न गरेकी, जसैगर्दा पनि सर्वोच्चको नेतृत्वमा पुग्न असफल भएकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । प्रधानन्यायाधीश बनेर डा मनोज शर्माले इन्ट्री मारेसँगै निकै तनावमा परेकी न्यायाधीश मल्ल २० दिनका लागि बिदामा बसेकी छिन् । प्रधानन्यायाधीशको स्वागतमा समेत देखा नपरेकी उनी आफैले बिदा स्वीकृत गरेर बुधबारदेखि बिदामा बसेको सर्वोच्च प्रशासनले जनाएको छ ।
मंगलबार डा मनोज शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहणका लागि सर्वोच्च आउनुअघि नै न्यायाधीश प्रधानले बुधबारबाट लागू हुने गरी २० दिने बिदा स्वीकृत गरेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेपछि न्यायाधीश मल्लले सार्वजनिक रुपमै असन्तुष्ट पोखेकी थिइन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा मल्लले फुलकोर्ट बैठक बोलाएकी थिइन् । फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा नोकझोक भएपछि शर्मा वैशाख २५ गतेदेखि इजलास बसेका थिएनन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै आजदेखि शर्मा इजलासमा बसेका छन् ।
यस्तै डा। मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ । यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन् । कामु प्रधानन्यायाधीश हटेपछि सर्वोच्च प्रशासनले मल्लको कार्यकक्ष नै सारिदिएको छ । नयाँ भवनमा रहेको उनको कार्यकक्ष त्यहाबाट सारेर एनेक्स भवनको तेस्रो तलामा च्याम्बर राखिदिएको छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया