१५ वैशाख २०८३
काठमाडौं - शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ ।
सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए ।
‘आजदेखि शैक्षिकसत्र सुरु भएको छ । विद्यार्थी भर्ना गर्न अनुरोध गर्दछौं,’ उनले भने, ‘पठनपाठन भने २१ गतेबाट हुन्छ ।’
यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् ।
शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन पनि सरकारले भनेको छ ।
विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया