०३ वैशाख २०८३
काठमाडौं- पुराना दलहरुलाई बडारेर सत्तामा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गगन थापा नेतृत्वको नेपाली कांग्रेसप्रति उदार देखिएको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह संसदको लेखा समितिको नेतृत्व कांग्रेसलाई दिन तयार भएका छन् ।
बहुमत होइन झन्डै दुई तिहाई हुँदा पनि रास्वपाले पेलेरै सबै समितिको सभापति आफ्नै सांसद्लाई बनाउन सक्थ्यो । तर, उसले प्रमुख प्रतिपक्षी दललाई पनि स्थान दिनुपर्छ भन्ने निष्कर्षसहित लेखा समितिको सभापति कांग्रेस सांसद्लाई बनाउने निर्णय गरेको छ । रास्वपाले समर्थन गर्ने निर्णय गरेसँगै कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई बनाउने तयारी गरेको छ ।
यस्तै रास्वपाले लेखा समितिबाहेक बाँकी ११ समितिको सभापति भने आफ्नै सांसद्लाई बनाउने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको छ भने प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र सचेतक प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय गरेको छ ।
कुन संसदीय समितिको सभापति को
१० कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा
२० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
३० पूर्वाधार विकास समिति– आशिष गजुरेल
४० महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
५० राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
६० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन
७० सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८० १२० संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ
९० उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी
१०० राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की
११० अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
१२० अर्थ समिति– कृष्णहरि बुढाथोकी
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया