०८ मंसिर २०८२
काठमाडौं– प्रधानमन्त्री सुशिला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन्। ‘जेन–जी’ आन्दोलनमा शहीद भएका परिवार र घाईतेलाई दिने भनेको जागिरमा आदर्शले आफ्नी पत्नी संगितालाई जागिर खुवाएका हुन्।
उनल साली नाता पर्ने कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिवमा नियुक्ति दिलाएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो ।
यस्तै आदर्शले प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा आदर्शले भाञ्जी पुनम श्रेष्ठलाई नायब सुब्बासरहको प्रशासन सहायक र अर्की नातेदार रविना श्रेष्ठलाई पनि नायब सुब्बासरह कै प्रशासन सहायकमा जागिर खुवाएको खुल्न आएको छ।
सर्वोच्च अदालतमा करारमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत श्रेष्ठलाई प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिव बनाएका थिइन ।
बाँकी भिडियो रिपोर्टमा ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया