०८ मंसिर २०८२
काठमाडौं– प्रधानमन्त्री सुशिला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाएका छन्। ‘जेन–जी’ आन्दोलनमा शहीद भएका परिवार र घाईतेलाई दिने भनेको जागिरमा आदर्शले आफ्नी पत्नी संगितालाई जागिर खुवाएका हुन्।
उनल साली नाता पर्ने कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिवमा नियुक्ति दिलाएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त भएका हुन् । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति भएको हो ।
यस्तै आदर्शले प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा आदर्शले भाञ्जी पुनम श्रेष्ठलाई नायब सुब्बासरहको प्रशासन सहायक र अर्की नातेदार रविना श्रेष्ठलाई पनि नायब सुब्बासरह कै प्रशासन सहायकमा जागिर खुवाएको खुल्न आएको छ।
सर्वोच्च अदालतमा करारमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत श्रेष्ठलाई प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख स्वकीय सचिव बनाएका थिइन ।
बाँकी भिडियो रिपोर्टमा ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया