०१ फागुन २०८२
काठमाडौं- बंगलादेशमा हिजो सम्पन्न संसदीय निर्वाचनमा नयाँ तथा जेनजी समर्थक पार्टीको शर्मनाक हार भएको छ ।
मत परिणाम धमाधम सार्वजनिक भैरहँदा सो पार्टीको कन्तबिजोग अवस्था देखिएको हो । खासगरी सामाजिक सञ्जालका चर्चित र भाइरल अनुहारहरू चुनावबाट नराम्रोसँग बढारिएका छन् ।
फेसबुकमा ७५ लाख फलोअर्स भएकी तास्निम जारालाई पनि मतदाताले पत्याएनन् । भकुन्डो चुनाव चिह्न लिएर राजधानी ढाका क्षेत्र नम्बर ९ बाट उठेकी उनी तेस्रो स्थानमा रहँदै पराजित भइन् ।
सञ्चार माध्यमहरूका अनुसार जाराले ४४ हजार ६ सय ८४ मत प्राप्त गर्दा विजयी उम्मेदवार हबिबुर रसिदले १ लाख ११ हजार २ सय १२ मत ल्याए । हबिबुर बंगलादेश नेशनल पार्टी९बिएनपी०का उम्मेदवार हुन् ।
सामाजिक सञ्जालका चर्चित र भाइरल अनुहारहरू चुनावबाट नराम्रोसँग बढारिएका छन् । फेसबुकमा ७५ लाख फलोअर्स भएकी तास्निम जारालाई पनि मतदाताले पत्याएनन् ।
शेख हसिनाको पार्टी आवामी लिगलाई प्रतिवन्ध लगाइएको निर्वाचनमा बिएनपीले दुई तिहाई सिट जितेको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कूल २९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २१२ क्षेत्रमा बीएनपीको जीत सुनिश्चित भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अब बिएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । उनी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा हुन् ।
डेढ वर्षअघि भएको युवा- विद्यार्थी आन्दोलनपछि भएको ऐतिहासिक चुनावमा आन्दोलनकारी शक्तिले जित्ने आम अनुमान थियो । नेपालमा जस्तै त्यहाँ पनि नयाँ अनुहार हेर्ने भन्दै सामाजिक सञ्जालमा एक प्रकारको ह्विम चलाइएको थियो ।
स्मरण रहोस्, जनआस्थाको माघ २८ गते बुधबारको अंकमा बंगलादेशमा पुरानै पार्टी हाबी हुने प्रक्षेपणसहितको समाचार छापिएको थियो । महमद युनुस सरकार र आन्दोलनकारीबीच भएको ‘जुलाई चार्टर’ लाई अनुमोदन गर्न भएको जनमतसंग्रहको भने नतिजा आउँन बाँकी छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया