२७ असोज २०८२
काठमाडौं- अन्ततः एउटा आशाको दियो निभेको छ । २ वर्षदेखि छोरो आउने बाटो कुरेर बसेका आमा बुवालाई इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विपिन जोशी जिवित नरहेको औपचारिक जानकारी गराएको छ । अध्ययनका लागि इजरायल पुगेको नेपालका विपिनलाई २ वर्षअघि हमासले कब्जामा लिएको थियो ।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर विपिन जिवित रहेको कुनै प्रमाण फेला नपरेको बताएको छ। 'आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले भने, ’परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ।’
राजदुत पण्डितले इजरायलबाट टेलिफोनमा भने–विपिन जोशी जीवित हुनुहुन्न भन्ने दुःखद् खबर औपचारिकरूपमा प्राप्त भयो । इजरायली अधिकारीले सुरूमा मलाई जानकारी दिए, त्यसपछि परिवारजनलाई जानकारी दिए । उनको शवको बारेमा पनि यकिन छैन ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा कुनै प्रगति हुन सकेन ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया