०३ चैत २०८२
काठमाडौं- अधिकांश युवा सांसदले भरिएको यस पटकको प्रतिनिधि सभाका सबै सदस्यलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सपथ खुवाउने भएका छन् । संसदीय परम्पराअनुसार, ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउनेछन्। र, त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन् ।
यसपटकको प्रतिनिधि सभामा उपलब्ध तथ्याङ्कअनुसार, सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हुन्। ७८ वर्षीय उनै केसीले आफू बाहेकका २७४ सदस्यीयलाई सपथ खुवाउने भएका छन् । पुराना राजनीतिज्ञ केसी नेपाली कांग्रेसका सभापति गगन थापाका ससुरा पनि हुन् ।
संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ। धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।
शपथ सम्बन्धी ऐन, २०७९ ः यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन्। ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।
निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सांसदहरूले ‘जनप्रतिनिधि’को पूर्ण अधिकार शपथ लिएपछि मात्र पाउँछन्। शपथ नलिई कुनै पनि सांसद सदनको बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिहरूमा सहभागी हुन पाउँदैनन् ।
निर्वाचन आयोगले प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेको घोषणा गरिसकेको छ। प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सांसद पाएको छ। तर रास्वपामा ६० वर्ष माथिका तीन सांसद प्रत्यक्षमा र एक सांसद समानुपातिकमा छन्। उनीहरू सबै केसीभन्दा कान्छा हुन् ।
कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट पाएको छ। तीमध्ये ५ जना प्रत्यक्षतर्फ र ५ जना नै समानुपातिकतर्फ ६० वर्ष माथिका छन् । एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट पाएको छ। तीमध्ये ६ जना समानुपातिक र २ जना प्रत्यक्षतर्फका सांसद ६० वर्षभन्दा माथिको उमेरका छन्। ८ सिट प्रत्यक्ष र ९ सिट समानुपातिकमा जितेको नेकपाका पनि ५ जना सांसद ६० माथिका छन् । तीमध्ये २ जना प्रत्यक्ष र ३ जना समानुपातिकतर्फ निर्वाचित हुन्। ७ सिट जितेको श्रम संस्कृति पार्टीबाट र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एक एक जना सांसद ६० वर्षभन्दा बढि उमेरका छन्। यस्तै स्वतन्त्र निर्वाचित सांसद महावीर पुन पनि ७१ वर्षका हुन् ।
प्रत्यक्षतर्फ निर्वाचित सांसदमध्ये जेनजी उमेर समूहका सांसदको सङ्ख्या ५ जना रहँदा ३० वर्षभन्दा कम उमेर समूहको सांसदको सङ्ख्या ८ रहेको छ । त्यस्तै, ३० देखि ३९ वर्ष समूहका ४७ जना सांसद छन् । ४० देखि ४९ वर्षसम्म ५७ जना, ५० देखि ५९ वर्ष समूहको ४१ जना, ६० देखि ६९ वर्षका ८ जना र ७० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका ४ जना सांसद रहेका छन् ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया