१८ कात्तिक २०८३
काठमाडौं- दानबहादुर कार्कीलाई हटाएर नेपाल सरकारले प्रहरी संगठनको नेतृत्व मनोज केसीलाई सुम्पिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आइजीपीमा नियुक्त गर्दै प्रहरी संगठनको नेतृत्व दिएको छ ।
आइजीपी कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा नियुक्त गरिएको छ । वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने निर्णय भएको छ । यसअघि सरकारले अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । ३४ वर्ष अघिको नजिर दोहोरिने गरी बालेन शाह नेतृत्वको सरकारले कार्कीलाई सरुवा गरेको छ । कार्कीलाई हटाएर सरकारले प्रहरी संगठनको नेतृत्व भने मनोज केसीलाई दिएको छ ।
को हुन आइजीपीमा बढुवा भएका मनोज केसी ?
नेपाल प्रहरीभित्र ’कडा, निर्भीक र व्यावसायिक’ कमान्डरका रूपमा परिचित केसी राजनीतिक दबाब वा बाह्य प्रभावसामु कहिल्यै नझुक्ने अधिकारीका रूपमा चिनिन्छन्। अपराध अनुसन्धानमा दख्खल राख्ने र सिङ्गो संगठनभित्र उच्च व्यावसायिक निष्ठा कायम राख्ने प्रहरी अधिकृतको रूपमा उनको छुट्टै पहिचान छ। जब–जब संगठनमाथि जटिल चुनौती आइपर्छ, तब–तब नेतृत्वले सम्झिने पहिलो नाम मनोज केसी नै हुने गरेको छ।
उनी तिनै प्रहरी अधिकृत हुन्, जसले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गर्दा देशकै सबैभन्दा ठूलो भनिएको ’नक्कली भुटानी शरणार्थी प्रकरण’ को जरोमै पुगेर अनुसन्धान गरेका थिए१ त्यो अपरेसन सामान्य थिएन। मन्त्री, पूर्वगृहमन्त्री, सचिव र शक्तिशाली राजनीतिक दलका नेताहरू मुछिएको त्यो काण्डमा कुनै पनि दबाब र प्रलोभनमा नपरी केसीको टोलीले पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री र गृहसचिवसहितका उच्चपदस्थ हस्तीहरूलाई हतकडी लगाएर जेलको बाटो देखाएको थियो। यो प्रकरणमा ठूला नेताहरू तानिन थालेपछि राजनीतिक दबाबमा उनलाई अपराध अनुसन्धान कार्यालयबाट एकाएक प्रहरी प्रधान कार्यालय सरुवा गरिएको थियो, जसको चौतर्फी विरोध भएको थियो।
शरणार्थी प्रकरणबाहेक पनि मनोज केसीको करियर चर्चित र सनसनीपूर्ण अपरेसनहरूले भरिएको छः ललिता निवास जग्गा प्रकरण- बालुवाटारको सरकारी जग्गा हडप्ने माफिया र बिचौलियाहरूको जालो तोड्न उनले सिआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयमार्फत कूटनीतिक र कानुनी समन्वय गरेका थिए। अवैध कल सेन्टर र साइबर ठगी, गुण्डागर्दी र संगठित अपराधको जालो विरुद्ध पनि उनले विशेष अप्रेशन चलाएका थिए ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया