१९ फागुन २०८२
काठमाडौं - मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै इरानले तेल र ग्यास मार्ग होर्मुजको जलडमरूम अर्थात् होर्मुज घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने चेतावनी दिएको छ । इरानका एक अधिकारीले जलडमरूम हुँदै जाने कुनै पनि जहाजलाई ‘आगो लगाउने’ चेतावनी दिएका बीबीसीले जनाएको छ ।
इरानको रिभोलुसनरी गार्ड कर्प्रस ९आईआरजीसी० का कमाण्डरले यो जलमार्ग बन्द गरिएको र त्यहाँबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई जलाउने चेतावनी दिएका खबरमा उल्लेख छ । विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग प्रभावित भएसँगै तेलको भाउ बढ्दो क्रममा छ ।
विश्वभर खपत हुने तेल र ग्यास ओसारपसार हुने जलमार्ग लगभग ठप्प जस्तै भएको छ । स्ट्रेट अफ होर्मुज एकातिर ओमान र युएई तथा अर्कोतिर इरानकोबीचमा अवस्थित छ ।
यसैबीच साउदी अरबको रक्षा मन्त्रालयले रियादमा रहेको अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्तिमार्फत आक्रमणबाट भवनमा सामान्य क्षति भएको जनाएको छ ।
यसैबीच चार दिनदेखि इजरायल र अमेरिकाले गरिरहेको आक्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७ सय ४२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना सहित ७ सय ४२ जनाको ज्यान गएको इरानी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया