१९ फागुन २०८२
काठमाडौं - मध्यपूर्वमा द्वन्द्व चर्किएसँगै इरानले तेल र ग्यास मार्ग होर्मुजको जलडमरूम अर्थात् होर्मुज घाँटी हुँदै जाने जहाजमा आक्रमण गर्ने चेतावनी दिएको छ । इरानका एक अधिकारीले जलडमरूम हुँदै जाने कुनै पनि जहाजलाई ‘आगो लगाउने’ चेतावनी दिएका बीबीसीले जनाएको छ ।
इरानको रिभोलुसनरी गार्ड कर्प्रस ९आईआरजीसी० का कमाण्डरले यो जलमार्ग बन्द गरिएको र त्यहाँबाट पार हुन खोज्ने कुनै पनि जहाजलाई जलाउने चेतावनी दिएका खबरमा उल्लेख छ । विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा मार्ग प्रभावित भएसँगै तेलको भाउ बढ्दो क्रममा छ ।
विश्वभर खपत हुने तेल र ग्यास ओसारपसार हुने जलमार्ग लगभग ठप्प जस्तै भएको छ । स्ट्रेट अफ होर्मुज एकातिर ओमान र युएई तथा अर्कोतिर इरानकोबीचमा अवस्थित छ ।
यसैबीच साउदी अरबको रक्षा मन्त्रालयले रियादमा रहेको अमेरिकी दूतावासमा दुई ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ । दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा विज्ञप्तिमार्फत आक्रमणबाट भवनमा सामान्य क्षति भएको जनाएको छ ।
यसैबीच चार दिनदेखि इजरायल र अमेरिकाले गरिरहेको आक्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या ७ सय ४२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना सहित ७ सय ४२ जनाको ज्यान गएको इरानी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सार्थक बन्यो बालेनको गर्जन र शिशिर दौडधुप, जलवायू क्षति–नोक्सानीबाट नेपालले तत्कालै ३ अर्ब पाउने
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु
कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने, केन्द्रीय सदस्य पनि थप्ने
सरकारकै साहयतामा अब प्रत्येक नेपालीको आफ्नै घर बन्ने, ७५ हजार अनुदान, ५ लाख भुत्तानीमा घर निर्माण, के छ नयाँ भवन ऐनमा ?
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी संसदीय अध्ययन समिति गठन
राष्ट्रपति र सभामुखबीच भेटवार्ता
मन्त्री सहरहको हैसियतका कुमार बेन जो लिदैनन् तलव भत्ता र चढ्दैनन् सरकारी गाडी, यी हुन प्रधानमन्त्री बालेनका २५ सल्लाहार र सचिवालय सदस्य
गगन सभापति बन्दा को को बन्दैछ महामन्त्री ?कांग्रेसमा ४४ हजार युवा आउँदैछन् नेतृत्वमा
हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग
प्रतिक्रिया