२९ माघ २०८२
काठमाडौं- राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्रले वैज्ञानिक नमिता भट्टराईलाई स्पष्टीकरण सोधेको छ । जानकारीबेगर लामो समयदेखि गैरहाजिर उनलाई बर्खास्त गर्न नपर्ने कारणसहित उपस्थित हुन भनिएको हो ।
केन्द्रले आज सूचना जारी गर्दै उनलाई आगामी सात दिनभित्र चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा, बर्खास्त गर्ने कार्यालयको चेतावनी छ ।
‘परिषद्को कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० ९२० ९क० को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने रु,’ परिषद्ले भनेको छ, ‘यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनुहोला ।’
केन्द्रका अनुसार वैज्ञानिक एस १ पदमा कार्यरत भट्टराईले ०७९ पुस २७ गतेदेखि एक वर्षको असाधारण बिदा स्वीकृत गराएकी थिइन् । बिदा समाप्तिपश्चात् ०८० पुस २७ गतेदेखि उनी कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको केन्द्रको भनाइ छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया