०७ मंसिर २०८२
काठमाडौं– तोकिएकै समय फागुन २१ मै प्रतिनिधि सभाको चुनाव भै हाल्यो भने यसपटक सांसद्हरुको बास सडकमै हुने भएको छ।
किनकी भाडाको भब्य संसद भवन जल्यो, ५ वर्षदेखि बन्दै गरेको संसद भवनको निर्माण अझै सकिएको छैन् । जसका कारण निर्वाचित भएर आउने सांसदहरु कहाँ बस्छन् त्यसको कुनै टुंगो छैन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीको तोडफोड र आगजनीबाट बानेश्वर स्थित भाडाको संसद भवन ध्वस्त भएको छ ।
यसको तत्काल मर्मत सम्भार गर्ने कुनै छाट छैन् । सरकारले पनि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग भाडा सम्झौता नवीकरण गरेको छैन । सिंहदरबार परिसरमा संसद् भवन निर्माणाधीन छ तर फागुनमै प्रतिनिधिसभाको निर्वाचन भयो भने त्यो बेलासम्मा बन्ने कुनै छाट देखिएको छैन् ।
२०७९ असोज १६ गते भित्रै संसद् भवन निर्माण गरिसक्ने लक्ष्यका साथ २०७६ असोज १६ गते ठेक्का लगाइएको थियो । निर्माण नसकिएपछि पाँचौं पटक थपिएको म्याद पनि पुस १६ गते सकिँदै छ । डेढ महिना समय बाँकी रहँदा भवन निर्माणको प्रगति भने ८७ प्रतिशत छ । जुन काम तोकिएको समयमा सकिने सम्भवना अत्यन्त कमजोर छ।
सरकारी भवन बनाउने जिम्मा पाएको सहरी विकास मन्त्रालयले भने तोकिएकै समयमा संसद भवन बन्ने दाबी गरिरहेको छ । नयाँ भवनमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा छुट्टाछुट्टै हलमा चलाउन मिल्ने गरी तयार गरिँदै छ ।
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री भएलगत्तै कुलमान घिसिङले तोकिएकै समयभित्र काम सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । गत बिहीबार निर्माधिन संसद् भवनको निरिक्षण गर्दै उनले छिटो काम सक्न निर्देशन दिएका छन् । चुनावअघि नै भवन तयार हुने उनको विश्वास छ ।
संसद् भवन निर्माणको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो । यसको ठेक्का रकम ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि नै संसद् बैठक नयाँ भवनमा बस्ने लक्ष्यसहित यसको निर्माण थालिएको थियो । २०७६ असोज १६ को सम्झौता अनुसार काम नसकिएपछि पहिलो पटक २०७९ चैत ३० सम्म म्याद थपिएको थियो ।
दोस्रो पटक २०८० असोज १९ सम्म, तेस्रो पटक २०८० सम्म चैत १९ सम्म म्याद थप गरिएको थियो । चौथो पटक थपिएको म्याद २०८१ चैत १८ सम्ममा पनि काम नसकिएपछि फेरि म्याद थपियो । पुष १६ गतेसम्म पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सकिने छाट देखिएको छैन् ।
सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ, जहाँ पाँच तलासम्मका अग्ला भवन बनेका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ । संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसद् सचिवालय भवन, चमेना गृह, प्रेस र छपाइ भवन छुट्टै बनाइएका छन् । ४ सय ७६ वटा चार र आठ सय वटा दुई पांग्रे सवारीसाधन पार्किङ गर्ने र सुरक्षाकर्मी बस्ने भवन निर्माण गरिएको छ ।
१४ वर्षदेखि अलपत्र कमला पुलको दुदर्शा हेर्न पुगे कुलमान, २० करोड खाएर बनाए अलपत्र
ओली र लेखकलाई कठघराामा उभ्याउँदै आयोग, यहि साता बयान लिने
फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल
फागुनमा पनि संसद भवन नबन्ने छाट, सांसद्हरुको हुने भयो सडकमा बास
हुलाकी राजमार्ग धनुषा खण्डः पुल निर्माणमा ढिलाइ
अण्डाको भाउ बढ्यो, अवैध आयात रोकिएपछि लागत मूल्य पाइयो : व्यवसायी
करिब पाँच महिनादेखि केरुङ नाका ठप्प– न आए सामान न त उठ्यो राजस्व
बारामा शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई मानव अधिकार आयाेगकाे निर्देशन
भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने
सुशीला कार्कीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न राष्ट्रपति कार्यालय पुगे जेनजी
प्रतिक्रिया