२२ माघ २०८२
काठमाडौं - जिल्लामा प्राकृतिक विपत्तिबाट एक हजार दुई सय रोपनी जमिनमा लगाएको कृषि बाली क्षति भएको छ । क्षतिको राहत उपलब्ध गराउन बाग्मती प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गत वर्ष र यस वर्षको प्राकृतिक विपत्तिका कारण खाद्यान्न, तरकारी बाली, फलफुल र तरकारीका टनेल क्षतिग्रस्त भएका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।
कार्यालयले प्राकृतिक विपत्तिका कारण ९ सय ६१ रोपनीमा भएको खाद्यान्न क्षतिको लागि रु १४ लाख ४१ हजार ५ सय ९०, २ सय ६५ रोपनी जमिनमा लगाइएको तरकारी बाली क्षतिवापत रु सात लाख ८० हजार ६ सय २५ राहतका लागि सिफारिस गरिएको जनाएको छ ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कार्यालयले गत वर्ष र यस वर्षको प्राकृति विपतीका कारण कृषि बालीमा क्षति पुगेका १ सय ५१ किसानलाई राहत उपलब्ध गराउन प्रदेशस्थित कृषि मन्त्रालयमा सिफारिस गरिएको बताए ।
यस्तै उहाँले करिब तीन हजार फलफुलका बिरुवा क्षतिवापत रु दुई लाख नौ सय र तीन सय बाँसका टनेल क्षतिवापतको १५ हजारका दरले राहत रकम उपलब्ध गराउन प्रदेश कृषि मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिए ।
प्रदेश सरकारले प्राकृतिक विपत्तिका कारण खाद्यान्न बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु एक हजार पाँच सय, तरकारी बालीमा क्षति पुगेका किसानका लागि प्रति रोपनी रु दुई हजार पाँच सय राहत उपलबध गराउँदै आएको छ । यस्तै बाँसका टनेलमा क्षति भएमा प्रति वर्गमिटर रु ५० र फलफुलका बिरुवा क्षति भएमा प्रतिबोट रु ५० राहत उपलब्ध गराउने जनाइएको छ ।
कार्यालयका अनुसार प्रदेश सरकारले स्थानीय तहको सिफारिस, प्राविधिक प्रतिवेदन, क्षतिको मूल्याङ्कन र जिल्लास्थित राहत ब्यवस्थापन समितिको मूल्याङ्कन गरी पठाएपछि मात्रै प्रदेश सरकारले राहत उपलब्ध गराउनेछ ।
गत वर्षको बाढीपहिरोका कारण कृषि बालीमा क्षति पुगेका किसानका लागि रु ७८ लाख राहत उपलब्ध गराउन प्रदेश सरकारसमक्ष सिफारिस गरिएकोमा प्राप्त रु ५३ लाख राहत रकम सम्बन्धित पीडित किसानलाई उपलब्ध गराईएको कार्यालयले जनाएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया