२७ पुस २०८२
काठमाडौं- २०८२ पुष २७ गते जङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल, पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, उच्च तथा निम्न दर्जाका सेनानीहरूले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रनिर्माताप्रति सम्मान अर्पण गरे। समारोहमा राष्ट्र निर्माता प्रती सम्मानस्वरूप विशेष सलामीसमेत प्रदान गरिएको थियो।
यसअघि पुष २१ गते गोरखा दरबारबाट सुरु गरिएको एकीकरण मार्ग पदयात्रा आज बिहान जङ्गी अड्डामा पुगेर समापन गरिएको थियो। गोरखा, धादिङ र नुवाकोट हुँदै राजधानी आइपुगेको उक्त पदयात्रामा राष्ट्रिय झन्डा, नेपाली सेनाका प्रथम पाँच पल्टन ९श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख० का झन्डा र दीप्तज्योति सहित सहभागिता भएको थियो। पदयात्राले ऐतिहासिक नगरपरिक्रमा गरी पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखी सम्मानसहित जङ्गीअड्डा प्रवेश गरेको थियो।
जङ्गीअड्डामा सम्पन्न मुख्य समारोहपछि सभामण्डपमा आयोजित सांस्कृतिक तथा साहित्यिक कार्यक्रमले दिवसलाई थप गरिमामय बनायो। कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कविता प्रतियोगिता का उत्कृष्ट प्रतिभाहरूले आफ्ना कविता वाचन गरे भने लघु नाटक प्रस्तुती तथा इतिहासविदहरूद्वारा नेपाल एकीकरण, पृथ्वीनारायण शाहको राजनीतिक दृष्टि र राष्ट्रियताको आधार विषयमा विशेष प्रवचन प्रस्तुत गरियो।
कार्यक्रमका प्रतिस्पर्धी, निर्णायक तथा प्रवाचकहरूलाई प्रधान सेनापति सिग्देलले पुरस्कार, प्रशंसा पत्र र सम्मान प्रदान गरे।
राष्ट्रनिर्माताको दिवसलाई देशव्यापी रूपमा मनाउने उद्देश्यले नेपाली सेनाले यसवर्ष देशका ऐतिहासिक गढी तथा पदमार्गमा समेत थुप्रै ऐतिहासिक पदयात्रा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। गोरखा–काठमाडौं पदयात्राका अतिरिक्त—
धरानको फुस्रे–धनकुटा पाख्रीबास ऐतिहासिक साँघुरीगढी पदयात्रा,
उदयपुरस्थित उदयपुरगढी–चौदण्डीगढी पदयात्रा,
इलामको नागरीगढीदेखि माईस्थानसम्म निशान पदयात्रा,
रामेछापको तिल्केस्थान गढी पदयात्रा, लगायत कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्।
नेपाली सेनाका अनुसार ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा देशभरका सबै युनिटहरू तथा विदेशस्थित नेपाली सैन्य दूतावास, मिशन र चिनारी कक्षहरूमा पनि विभिन्न स्मृति, सांस्कृतिक, सामाजिक तथा शैक्षिक कार्यक्रमहरू आयोजना गरिएको छ। सेनाले राष्ट्रिय एकताका नायकको स्मरण गर्दै ऐतिहासिक संरचना संरक्षण, पुरातात्त्विक सम्पदा जगेर्ना, राष्ट्रिय भावना सुदृढीकरण तथा युवा पुस्तालाई इतिहासबारे सचेत बनाउन यी कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताएको छ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया