२४ चैत २०८२
काठमाडौं - सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ ।
सरकारले भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाएको हो । भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले आइतबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ६ देशका राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको जानकारी दिए ।
केपी ओली नेतृत्वको सरकारले ३४ मिसनहरुमध्ये १७ मा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो । ती ३४ मध्ये सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले ११ देशका राजदूतहरुलाई गत कात्तिकमै फिर्ता बोलाएको थियो । बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाएको हो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया