१८ माघ २०८२
काठमाडौँ - भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ ।
आइतबार मन्त्रालयमा भएको छलफलपछि गृहले महानगरको २७ नम्बर वडा कार्यालयलाई सो भवन प्रयोग गर्न सहमति प्रदान गरेको हो । साइबर ब्यूरोको भवन ४ आना २ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । साइबर ब्यूरोको कार्यालय सामाखुसीमा सर्दैछ ।
त्यसको सट्टा महानगरपालिकाले रामशाहपथ स्थित ट्राफिक कार्यालयको पछाडि रहेको आफ्नो ७ रोपनी, २ पैसा ३ दाम क्षेत्रफलको जग्गा सरकारको नाममा दर्ता गर्न सहमति दिएको छ ।
सो जग्गामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने तयारी छ । रामशाहपथको जग्गा महानगरले ट्राफिक प्रहरीलाई दिने र भोटाहिटीको प्रहरीको भवन महानगरले प्रयोग गर्ने सहमति भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।
उनले भने, ‘आपसमा सहमति भएको छ, एकअर्का निकायमा लैजाने प्रक्रिया पुरा गर्न केही समय लाग्छ ।’
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल, आईजीपी दान बहादुर कार्की र गृहका अन्य अधिकृतहरू सहभागी थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया