१० फागुन २०८२
काठमाण्डौ – रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गर्नुभएको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
प्रजिअ भुसालका अनुसार धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिन भोलि बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सबगढामा सद्भाव र्याली निकालिने छ । यस्तै सबै पक्षले शान्तिका लागि सार्वजनिक अपिल जारी गर्ने पनि निर्णय भएको छ ।
सर्वपक्षीय बैठकले शान्तिको आव्हानसहित र्याली निकाल्ने निर्णय गरे पनि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रमा हिजोदेखि लागूभएको कर्फ्यू भने जारी छ । स्थिति अझै संवेदनशील रहेको सुरक्षा विश्लेषणका कारण तत्काल कर्फ्यू हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो ।
सवडढा गाउँमा विवाहमा बजाएको डिजेलाई लिएर बिहिवार राति पौने १० बजेतिर दुई समुदायबीच विवाद शुरु भएकोमा शुक्रवार ६ बुँदे सहमति भएको थियो । तर सहमति विपरीत हिजो पुनः अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले चार किल्ला निर्धारण गर्दै कफ्र्यू आदेश जारी गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया