०७ माघ २०८२
काठमाडौं- पृथ्वी गोलो छ, पालो सबैको आउँछ । कांग्रेस सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवालाई यसकै झल्को दिलाइ दिएका छन् ।
वर्षौदेखि उम्मेदवार छनोट र टिकट वितरणमा मनपरी गर्दै आएका र गगनसहितका अन्य पक्षलाई पेल्दै आएका देउवालाई गगनले नमिठो झापड दिएका छन् । अर्थात झन्डै झन्डै सतप्रतिशत उम्मेदवार छनोटमा एकलौटी गर्दै आएको देउवालाई चुनावकै मुखमा सभापति पदबाट अपदस्त गर्दै गगन थापाले १९ प्रतिशतमा सिमित गरिदिएका छन् । सुरुमा गगनलाई सभापति नै मान्न तयार नभएका देउवाले जव निर्वाचन आयोगले मान्यता दियो तव गगनसँगै भाग खोज्न पुगेका थिए ।
गगनले अभिभावक बनेर सम्मान गर्दै देउवालाई १९ प्रतिशत भाग दिएका छन् । अर्का नेता शेखर कोइराला पक्षलाई भने ८ प्रतिशतमा सीमित पारिदिएका छन्। १६५ निर्वाचन क्षेत्रमध्ये सभापति थापाले १२० सिटमा आफूनिकटलाई उम्मेदवार बनाउँदा देउवा पक्षका ३२ र कोइराला पक्षबाट १३ जना मात्र चुनावी मैदानमा छन्। थापा पक्षको हिस्सा ७३, देउवा पक्षको १९ र कोइराला पक्षको ८ प्रतिशत उम्मेदवार छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फ र माघ ११ हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छनोट गर्दा देउवा र कोइरालाबाट पेलिएका सभापति थापाले प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा बदला लिएको देखिन्छ। फागुन २१ निर्वाचनमा कांग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवारका रुपमा अगाडि सारिएका थापाले समानुपातिकतर्फका सांसदको हिसाब–किताब मिलाउन प्रत्यक्षमा आफूनिकट दुई तिहाइ उम्मेदवार चुनावी मैदानमा पठाएका छन् ।
विशेष महाधिवेशन अस्विकार गर्ने तर त्यहि विशेष महाधिवेशनले बनाएको सभापतिको हस्ताक्षरलाई स्विकार गर्दै शेखर कोइराला लगायतका नेताहरुले टिकट लिएका छन्। र, चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेशगत हिसाबमा कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ सिटमा गगन थापा पक्षका उम्मेदवार बनेका छन्। देउवा पक्षले ५ र कोइराला पक्षले ६ सिटमा मात्र टिकट पाएको छ।
मधेस प्रदेश प्रदेशका ३२ सिटमा सभापति थापाले २१ सिटमा आफू पक्षीय उम्मेदवार उठाएका छन्। चुनाव लड्न सर्लाही ४ पुगेका थापाले देउवा र कोइराला निकटलाई टिकटमा कसेको देखिन्नछ। मधेसमा देउवा पक्षका ९ र कोइराला पक्षका २ जना उम्मेदवार छन्। बागमती प्रदेशमा सभापति थापा पक्षको एकलौटी नै देखिन्छ। ३३ मध्ये २९ सिटमा थापा पक्षका उम्मेदवार बन्दा देउवा पक्षले ४ सिटमा मात्र टिकट पाएको अवस्था छ।
गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा थापा पक्षले १४ सिटमा उम्मेदवार खडा गर्दा देउवा पक्षले ४ जना उम्मेदवार मात्र पाएको छ। लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमा १७ ठाउँमा थापानिकटले टिकट पाएर उम्मेदवारी दर्ता गराएका छन्। यस्तै देउवा पक्षका ४ र कोइराला पक्षका ५ जना मात्र उम्मेदवार बनेका छन्। कर्णाली प्रदेशका १२ सिटमा थापा पक्षका ११ जनाले टिकट पाएका छन् भने देउवा पक्षका १ जना मात्र छन्। सुदूरपश्चिम प्रदेशका १६ सिटमध्ये थापा पक्षबाट ११ र देउवा पक्षबाट ५ सिटमा उम्मेदवार बनेका छन्।
सभापति गगन थापाले यसपटक २ तिहाइभन्दा धेरै नयाँ उम्मेदवार उठाएका छन्। १६५ जना उम्मेदवार चयन गरिएकोमा १०६ जना नयाँ उम्मेदवारले मौका पाएका छन्। कांग्रेसले गत निर्वाचनमा विजयी भएका ५७ जनामध्ये २५ जनालाई मात्र दोहो¥याएको छ। गत निर्वाचनमा विजयी भएका ३१ उम्मेदवारलाई कांग्रेसले यसपट चुनावी रिङबाटै आउट गरेको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया