०६ पुस २०८२
काठमाडौं- सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दल कांग्रेस र एमाले भने संसद् पुनस्र्थापना गराउन कस्सीएका छन् । उनीहरुले प्रतिनिधि सभा ब्युँत्याउने मात्रै होइन सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्त गराउने सम्मको कसरत सुरु गरेका छन् ।
त्यसका लागि दुवै दलले आ–आफ्ना विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। बहुमत सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने दुवै दलको तयारी छ। अन्य दलहरूको पनि सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । अदालतले पेसी तोकेको दिन पहिले नै हस्ताक्षर बुझाउने उनीहरुको तयारी छ ।
एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा मंसिर १० गते रिट दायर गरेका थिए। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।
यस्तै, कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ७ जना सांसदले छुट्टै रिट दायर गरेका थिए। कांग्रेसले पनि सर्वोच्च अदालतमा बुझाउन आफ्ना सांसदको हस्ताक्षर संकलन गरिरहेको घिमिरेले बताए। उनका अनुसार कांग्रेसबाट सबै सांसद्हरुको हस्ताक्षर संकलनको प्रयास चलिरहेको छ ।
कांग्रेसको रिटमा पुस २ गते प्रारम्भिक सुनुवाइ भएको छ। संवैधानिक इजलासले विपक्षीलाई १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनिसकेको छ । कांग्रेस–एमालेले भने प्रतिनिधि सभामा बहुमत १३८ सांसदको हस्ताक्षर नै अदालतमा पेश गर्ने तयारी गरेका छन् । एमालेले ७८ सांसदकै हस्ताक्षर संकलन गरिसकेको छ। तर हस्ताक्षर बुझाउने कुरामा कांग्रेसभित्र एक मत छैन। कांग्रेसका ८९ सांसद रहे पनि महामन्त्री गगन थापा पक्षधर सांसदहरू हस्ताक्षर गर्न मानिरहेका छैनन्। यो पक्षका सांसदले हस्ताक्षर नगरे मधेसवादी दलका सांसदको हस्ताक्षर बुझाउने तयारी दुई दलको छ।
कांग्रेसले दायर गरेको रिटमा संसद् पुर्नस्थापन गर्दै ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई सर्वोच्चबाटै प्रधानमन्त्री घोषित गर्नु पर्ने माग गरेको छ । २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाको फैसला मात्रै गरेको थिएन कांग्रेसका सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यहि शैलीमा ठूलो दलको नेताको हैसियतले पुनः देउवालाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेसको माग छ। त्यहि अनुसार कांग्रेस र एमालेले विघटिठ संसद्का बहुमत सदस्य १३८ जनाको हस्ताक्षर संकलन गरेर बुझाउने तयारी गरेका छन् ।
संसद् पुनस्र्थापना भए सर्वपक्षीय सरकार बनाउनु पर्ने एमालेको माग छ। जसमा राजनीतिक दल, त्यसबाहिरका शक्तिलाई पनि समेट्नु पर्ने र त्यसपछि निर्वाचनको नयाँ मिति तोकेर अगाडि बढ्ने एमालेको प्रस्ताव छ। कांग्रेस र एमाले दुवै दल संसद् पुनस्र्थापना हुनेमा ढुक्क देखिएका छन्। खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चले संसद् पुर्नस्थापना नगर्नु पर्ने कुनै कारण नरहेको दाबी गर्दै आएका छन् ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया