०६ पुस २०८२
काठमाडौं- सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दल कांग्रेस र एमाले भने संसद् पुनस्र्थापना गराउन कस्सीएका छन् । उनीहरुले प्रतिनिधि सभा ब्युँत्याउने मात्रै होइन सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्त गराउने सम्मको कसरत सुरु गरेका छन् ।
त्यसका लागि दुवै दलले आ–आफ्ना विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। बहुमत सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने दुवै दलको तयारी छ। अन्य दलहरूको पनि सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । अदालतले पेसी तोकेको दिन पहिले नै हस्ताक्षर बुझाउने उनीहरुको तयारी छ ।
एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा मंसिर १० गते रिट दायर गरेका थिए। सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।
यस्तै, कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित ७ जना सांसदले छुट्टै रिट दायर गरेका थिए। कांग्रेसले पनि सर्वोच्च अदालतमा बुझाउन आफ्ना सांसदको हस्ताक्षर संकलन गरिरहेको घिमिरेले बताए। उनका अनुसार कांग्रेसबाट सबै सांसद्हरुको हस्ताक्षर संकलनको प्रयास चलिरहेको छ ।
कांग्रेसको रिटमा पुस २ गते प्रारम्भिक सुनुवाइ भएको छ। संवैधानिक इजलासले विपक्षीलाई १५ दिनभित्रमा लिखित जवाफ पेस गर्न भनिसकेको छ । कांग्रेस–एमालेले भने प्रतिनिधि सभामा बहुमत १३८ सांसदको हस्ताक्षर नै अदालतमा पेश गर्ने तयारी गरेका छन् । एमालेले ७८ सांसदकै हस्ताक्षर संकलन गरिसकेको छ। तर हस्ताक्षर बुझाउने कुरामा कांग्रेसभित्र एक मत छैन। कांग्रेसका ८९ सांसद रहे पनि महामन्त्री गगन थापा पक्षधर सांसदहरू हस्ताक्षर गर्न मानिरहेका छैनन्। यो पक्षका सांसदले हस्ताक्षर नगरे मधेसवादी दलका सांसदको हस्ताक्षर बुझाउने तयारी दुई दलको छ।
कांग्रेसले दायर गरेको रिटमा संसद् पुर्नस्थापन गर्दै ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई सर्वोच्चबाटै प्रधानमन्त्री घोषित गर्नु पर्ने माग गरेको छ । २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले संसद् पुर्नस्थापनाको फैसला मात्रै गरेको थिएन कांग्रेसका सभापति देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । त्यहि शैलीमा ठूलो दलको नेताको हैसियतले पुनः देउवालाई प्रधानमन्त्री नियुक्त गर्न कांग्रेसको माग छ। त्यहि अनुसार कांग्रेस र एमालेले विघटिठ संसद्का बहुमत सदस्य १३८ जनाको हस्ताक्षर संकलन गरेर बुझाउने तयारी गरेका छन् ।
संसद् पुनस्र्थापना भए सर्वपक्षीय सरकार बनाउनु पर्ने एमालेको माग छ। जसमा राजनीतिक दल, त्यसबाहिरका शक्तिलाई पनि समेट्नु पर्ने र त्यसपछि निर्वाचनको नयाँ मिति तोकेर अगाडि बढ्ने एमालेको प्रस्ताव छ। कांग्रेस र एमाले दुवै दल संसद् पुनस्र्थापना हुनेमा ढुक्क देखिएका छन्। खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चले संसद् पुर्नस्थापना नगर्नु पर्ने कुनै कारण नरहेको दाबी गर्दै आएका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया