१८ कात्तिक २०८३
काठमाडौं - संसदीय समितिमा सरकारमाथि प्रश्न उठेको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकार कहाँबाट चलेको छ रु कसले चलाउदै छ रु भन्ने प्रश्न उठेको हो ।
नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले सरकारले चारैतिर हात हालिरहेको बताइन् ।
‘वास्तवमा हामी अहिले कस्तो लाग्छ भने चारैतिर हात हालेको जस्तो लाग्छ प्रधानमन्त्रीज्यूलाई– मैले यहाँबाट निवेदन गर्न चाहेँ– सरकार कहाँबाट चल्दैछ रु कसले चलाउँदैछ रु,’ उनले भनिन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेका बहसहरूको प्रसंग कोट्याउँदै उनले थपिन्, ‘कहिले एउटा अडियो आउँछ, कहिले अर्को भिडियो आउँछ, कहिले फोटोहरू आउँछन् । यो के हो रु’
उनले पत्रकारहरूमाथि भएको धरपकडबारे पनि प्रश्न गरिन् ।
‘प्रहरी पत्रकारलाई समात्न पुग्छ । मिडिया घरमा पुगिसकेको हुन्छ । मिडियाकर्मीहरूलाई समातेर प्रहरीले लैजान्छ र गृह मन्त्रालयले, सरकारलेज प्रधानमन्त्री कार्यालयको सचिवालयले प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर कुरो सामाजिक सञ्जालबाटै बाहिर आउँछ ।
यसप्रति समिति सभापति मार्फत उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
‘पत्रकार र मिडिया, मिडिया भनेको यो राज्यको सबैभन्दा महत्वपूर्ण अङ्ग हो कि होइन रु मिडियालाई किन आतंक गराउने रु मिडियाले समाचार लेख्दैमा, मिडियामा समाचार कहाँबाट आयो, त्यो समाचारको सत्यतथ्य छानबिन गर्ने कि नगर्ने रु,’ उनले भनिन्, ‘त्यो सत्यतथ्य छानबिन गर्ने निकाय छ कि छैन सरकारसँग रु त्यो कसले जवाफ दिने ?
दोस्रो प्रसंगमा उनले न्यायालयको विषय उठाइन् ।
‘न्यायालय सबैभन्दा देशको सर्वोच्च निकाय हो । जहाँ प्रत्येक नागरिकले न्याय पाउने अधिकार छ । संविधानले व्यवस्था गरेको छ र न्यायालयको व्यवस्थापन पनि प्रत्येक नागरिकले न्याय पाउनुपर्ने निम्ति नै न्यायालयको स्थापना भएको हो । तर न्यायालयलाई पनि आतंकित बनाइएको छ, त्यो पनि सामाजिक सञ्जाल मार्फत’, उनले भनिन् ।
न्यायालयमाथि प्रहार गर्ने निकाय को रु कसले गर्यो रु किन सामाजिक सञ्जालमा अहिले यति धेरै कुराहरु न्यायालयमा, न्यायालयसँग सम्बन्धित आएको छ रु लगायतका प्रश्न पनि उनले गरेकी थिइन् ।
‘एक जना ३० वर्षे युवक यहाँ मैले नाम पनि लिएँ– इनम श्रेष्ठ भन्ने व्यक्तिको कारणले अहिले न्यायालयमाथि गम्भीर प्रश्न तेर्सिएको छ । त्यसको जवाफ कसले दिने रु’, उनले भनिन् ।
यसको विषयमा छानबिन समिति गठन गरेर जानुपर्ने उनको आग्रह छ ।
रास्वपाको विश्वास– प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच विश्वास र साझेदारी थप मजबुत बनाउने
मधेशका मुख्यमन्त्री यादवको शपथमा विपक्षी दलको बहिष्कार, एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी, बालेनले सुम्पिए सरकारको नेतृत्व
प्रधानमन्त्री बालेन शाहको ऐतिहासिक छलाङ, मोदी प्रधानमन्त्री हुँदा भारतमा बिताउदै थिए विद्यार्थी जीवन
छोरा हराउँदा गुहार मागेका हवल्दारमाथि प्रहरीकै गालीगलौज
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
चुनावको मितिमै भिडन्त ! स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गराउने दाउमा रास्वपा
२५ घण्टे दिल्ली भ्रमणमा प्रधानमन्त्री बालेन, यस्तो छ भेटवार्ताको टाइमलाइन
पृथ्वी राजमार्गमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी बन्द
क्यानले भन्यो- दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे
प्रतिक्रिया