२६ असोज २०८२
काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ ।
खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर सहज रूपमा नपाइने र महंगो भएकाले अभियानले समेटेका क्षेत्रका लागि सुनौलो अवसर भएकाले निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभएको छ । पर्सा र बारामा फैलिएको हैजा महामारी र अहिलेको ठूलो वर्षापछि आएको बाढीले त्यस क्षेत्रमा अझै महामारीको उच्च जोखिम रहेकाले हैजाबिरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक लालले यो अभियान पर्सामा आजदेखि र बारामा भोलिदेखि शुरु भई तिहारअघि सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । ती दुई जिल्लामा हैजाबिरुद्ध हरेक व्यक्तिलाई एक मात्रा खोप दिन लागिएको हो ।
पर्साको १४ र बाराको छ वटा पालिकाका एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप दिन लागिएको हो । गएको असोज ९ र १० गते १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको थियो । गएको भदौमा पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट शुरु भएको हैजाबाट पर्सा र बारामा एक हजार छ सय ८५ जना बिरामी भएका थिए ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया