२६ असोज २०८२
काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ ।
खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर सहज रूपमा नपाइने र महंगो भएकाले अभियानले समेटेका क्षेत्रका लागि सुनौलो अवसर भएकाले निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभएको छ । पर्सा र बारामा फैलिएको हैजा महामारी र अहिलेको ठूलो वर्षापछि आएको बाढीले त्यस क्षेत्रमा अझै महामारीको उच्च जोखिम रहेकाले हैजाबिरुद्धको खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक लालले यो अभियान पर्सामा आजदेखि र बारामा भोलिदेखि शुरु भई तिहारअघि सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । ती दुई जिल्लामा हैजाबिरुद्ध हरेक व्यक्तिलाई एक मात्रा खोप दिन लागिएको हो ।
पर्साको १४ र बाराको छ वटा पालिकाका एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप दिन लागिएको हो । गएको असोज ९ र १० गते १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको थियो । गएको भदौमा पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट शुरु भएको हैजाबाट पर्सा र बारामा एक हजार छ सय ८५ जना बिरामी भएका थिए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया