०८ माघ २०८२
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् ।
इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर - २ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए ।
झापा(५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट पनि मागे ।
मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया