२३ असोज २०८२
काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आजबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी रहनेछ । भोलि दिउँसो १ बजे बैठक बस्ने महतले बताएका छन् ।
‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने रु लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने ।
त्यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ । ‘बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ महतले भने ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा विराटनगरबाट ‘कोशी घोषणा–२०८३’ जारी
प्रस्तावित राजदूतहरूको काण्डले प्रधानमन्त्री बालेन तनावमाः साउदीका सुनारको नाम अस्वीकृत ! मलेसियाका खरेलको सुनुवाइ होल्ड
देशका अधिकांश भूभागमा मौसम सफा, कुनै चेतावनी छैन
कलंकी खसीबजारमा यस वर्ष दसैँको चहलपहल कम
मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’
१५ औं महाधिवेशमा गगन थापाको एकछत्र राज, देउवा छोड्ने बित्तिकै केहिलाई लाभ, कसैलाई रेडकार्ड, यस्तो बन्यो गगन टिम
स्वास्थ्यमा गोकर्णेश्वरका मेयरको क्रान्तिकारी कदम, अब उपचार गर्न विरामीको घर–घरमा पुग्नेछन् डाक्टर
नेपाल-भारत नेवानीको उडानमा पावर बैंक बोक्न प्रतिबन्ध
दशैंका लागि देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी
प्रतिक्रिया