१० फागुन २०८२
काठमाडौँ - नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको बताएको छ । ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार दृढ हुनुपर्ने कांग्रेसको भनाइ छ ।
िपार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको पनि बताए ।
‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’
उनले सबै पार्टीहरूले निर्वाचनमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने पनि बताए । पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन अगाडि राष्ट्रिय सहमतिको कुरा गरेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता चालिसेले सबैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै निजी अभिव्यक्तिमा कुनै टिप्पणी नरहेको बताए ।
‘सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ । निजी स्वतन्त्रताप्रति कुनै टिप्पणी छैन,’ प्रवक्ता चालिसेले भने, ‘तर शासनको वैधताको स्रोत निर्वाचन र जनताको मत हो । निर्वाचनपछि बन्ने जनमतको सरकारले जनताका समस्या समाधान गर्नेछ ।’
उनले विभिन्न पार्टीबाट कांग्रेसमा नेता कार्यकर्ता प्रवेश गरिरहेका र ती प्रवेशले पार्टी बहुमत ल्याउने बिन्दुमा पुग्न लागेको बताए ।
चीन र दक्षिण एसियाली क्षेत्रको ज्ञान विमर्श, विकासको आधार ज्ञान र खोज भएको निश्र्कष
बाल मन्दिर प्रकरणमा ३ जना पक्राउ
सय दिन बितेसँगै थप आक्रामक बन्दै बालेन, यी ५ मन्त्री र सचिवालय सदस्यहरु नै फेर्ने
मेलम्ची आयोजनाको मुहानमा बाढी, पानी आपूर्ति बन्द
अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा दुई प्रतिशतले घट्यो
विमानस्थलका चार हजार पूर्वकर्मचारीसँग प्रतिबन्धित क्षेत्रको प्रवेश पास
इन्धनको मूल्य घट्दा पेट्रोलपम्पहरुमा लाग्यो सटर
गर्धन कालो हुनुको कारण के हो ?
बालेनसहित को को हुँदैछन् रास्वपा पदाधिकारीमा मनोनित
कांग्रेस संस्थापन इतरपक्षको सम्पर्क कार्यालय सञ्चालनमा
प्रतिक्रिया